थारु पत्रकार संघ बाँकेको नेतृत्वमा भगतराम

४ श्रावण २०७६, शनिबार १९:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : थारू पत्रकार संघ नेपाल बाँकेको अध्यक्षमा भगतराम थारू चयन भएका छन् । नेपालगञ्जमा शनिवार सम्पन्न संघको छैठो साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा भगतलाई चयन गरेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा अन्जु चौधरी, सचिवमा सुलोचना चौधरी, सहसचिवमा कृष्ण चौधरी, कोषाध्यक्षमा शम्भु थारू, सदस्यमा लक्ष्मी थारू, रमेश थारू, जागेश्वर थारू र मधुरानी थारू चयन भएका छन् । निर्वाचित समिति तीन वर्षको हुने निर्वाचन अधिकृत बिश्वराज पछल्डङ्याले जानकारी दिए । यसअघि सम्पन्न संघको साधारणसभाले थारू पत्रकारलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएको छ ।
कार्यक्रममा बोल्दै थारू पत्रकार संघका प्रदेश संयोजक सन्तोष चौधरीले थारू भाषा, कला, संस्कृतिको संरक्षणमा रहेकाहरू एक भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारू, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूलगायतले संघलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए ।


Next Post

तीन ईञ्जिनियरसहित चारजना १५ लाख घुससहित अख्तियारको पञ्जामा

४ श्रावण २०७६, शनिबार १९:४४
सदरलाइनडटकम, नेपालगञ्ज : अख्तियार दुरुपायोग अनुसंन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटेको टोलीले बर्दिया कर्णाली नदि व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत ३ जना ईञ्जिनियर र एकजना सवारी चालकलाई पन्ध्रलाख घुससहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । अख्तियारको नेपालगन्ज कार्यालयका शाखा अधिकृत नारायणदत्त उपाध्यायद्वारा जारी वित्रप्तीमा कर्णाली नदि व्यवस्थापन कार्यालय […]

सम्बन्धित