बाँकेका छात्रालाई आत्मरक्षा प्रशिक्षण

  
  प्रकाशित मितिः सोमवार, असार ३०, २०७६       | 189 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेस्थित विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नेपालगञ्जमा आत्मरक्षाको प्रशिक्षण दिइएको छ । बाँके जिल्ला खेलकुद विकास समितिको समन्वयमा राष्ट्रिय खेलकुद परिषदले राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत १ सय ५० छात्रालाई सोमवार आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको हो ।
खेलकुदको माध्यमबाट महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न र खेलप्रति आकर्षण गर्न तालिम आयोजना गरिएको बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न तालिम आयोजना गरिएको नेपाल सेल्फ डिफेन्ड संघका प्रमुख प्रशिक्षक सञ्जु महर्जनले बताइन् ।
उनले आक्रमणका क्रममा आफ्नो शरिरमा भएका अंग परिचालन गर्ने, आक्रमणबाट जोगिन नङ्, दाँत, खुट्टा, हात चलाउने विधि, ज्ञान तथा सीप प्रदान गरिएको बताइन् । आत्मरक्षा सम्बन्धि तालिमबाट धेरै नयाँ तथा ब्यावहारिक ज्ञान पाएको सरस्वती मावि कक्षा ९ मा अध्ययनरत कृति थारुले बताइन् । उनले हिँड्डुलका क्रममा वा घरमा बसेको बेला कसैले आक्रमण गरे त्यससबाट जोगिने उपाय सिकेको बताइन् ।

प्रकाशित मितिः सोमवार, असार ३०, २०७६     7:18:35 PM  |