खजुराका जनप्रतिनिधिलाई शुद्ध पानीको बारेमा अनुशिक्षण

३० असार २०७६, सोमबार १८:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका सबै पालिकामा स्वच्छ खानेपानीको अधिकार प्रत्याभूत गराउन अभियान सुरु गरिएको छ । यसक्रममा सोमबार बाँकेको खजुरा गाउपालिकाका पदाधिकारी र उपभोक्ता समितिका सदस्यहरुलाई खानेपानीको स्वाच्छताबारे अनुशिक्षण समेत गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा गुणस्तरीय पीउने पानी तथा पूर्ण सरसफाई अभियान सम्बन्धी कार्यक्रमलाई सहजिकरण गर्दै जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले आफ्नो पालिका र वडातहमा खानेपानीको स्वच्छताको बारेमा जनप्रतिनिधि र खानेपानीका उपभोक्ता सचेत हुन आवश्यक रहेको औल्याए ।
उनले पूर्ण सरसफाईका लागि स्वच्छ खानेपानी अनिवार्य रहेकोले यस विषयमा कुनैपनि आनाकानी र हेलचक्रायाई नगरी काम गर्ने सबैको एकमत हुन आवश्यक रहेको बताए ।
जनस्वास्थ्य अधिकृत चन्दले पानी, पानीको शुद्धता, पानी परिक्षण विधि, स्वच्छपानी मुहान देखि मुख सम्मको प्रकृयाका बारेमा जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीलाई अनुशिक्षण दिएका थिए ।
स्वास्थ्य कार्यालयले बाँके जिल्लाका गाउँपालिकामा पानी स्वच्छता र पूर्ण सरसफाईका विषयमा अनुशिक्षण कार्यक्रम संचालन गर्दै आएको जानकारी दिदै बाँकेका सबै पालिकामा पानी परिक्षणको साधन आगमी आर्थिक वर्षसम्ममा उपलब्ध गराउने जानएको छ ।
अनुशिक्षण कार्यक्रममा खजुरा खानेपानी उपभोक्ताले प्रयोग गर्ने पानी र खजुरा एक नम्बरको सार्व्जिक नलको पानी नमूना संकलन गरिएको छ ।
खानेपानी तथा ढल निकास कार्यालय प्रदेश नं. ५ कार्यालय बाँकेका रवीकिरण आर्चायले खानेपानीको नमुना परिक्षण गरी जनप्रतिनिधिलाई समेत देखाएका थिए । उनले पानीमा रहेको सेतोपन(धमिलो, आइरन) आदी तत्काल नै परिक्षण गर्न सकिने भएपनि पानीका लागि अति खराव कोलीफर्म भने १८ घण्टामा मात्रै पत्ता लाग्ने आचार्यले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, वडा अध्यक्ष, जिल्ला स्वास्थ कार्यालयका प्रमुख प्रेम खत्री, उपभोक्ता समितिका पदाधिकारिको उपस्थिती रहेको थियो ।
यस भन्दा पहिले शनिबार बैजनाथ गाउँपालिकाका केही स्थानमा खानेपानीका लागि प्रयोग गरिने नल धाराको पानी परिक्षणपछि सयौं कोलिफर्मका जिवाणु भएको पानी आम सर्वसाधारणले प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक गरिएको थियो ।

Next Post

भ्रष्टाचार विकासको बाधक : आयुक्त गुरुङ

३० असार २०७६, सोमबार १८:३३
सदरलाइनडटकम, दाङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङले भ्रष्टाचारनै शुसासन र सम्वृद्धीको बाधक भएको बताएकी छन् । आयोगको कार्यालय बुटवल मातहतमा रहेको सम्पर्क कार्यालय नेपालगञ्जले सोमवार घोराहीमा गरेको भ्रष्टाचार नियन्त्रण र शुसासन प्रबद्र्धन विषयक कार्यक्रममा आयुक्त गुरुङले भ्रष्टाचार विकासको बाधक रहेको बताइन् । संबृद्धी र सुशासनको […]