बित्तीय अधिकार वडालाई दिन खजुराबासीको सुझाव

३० असार २०७६, सोमबार १६:५७
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाले प्रदान गर्ने सेवासुविधाको प्रभावकारिता विषयक सोमवार सार्वजनिक सुनुवाई गरिएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा आयोजित कार्यक्रममा गाउँपालिकाले प्रदान गर्दै आएको सेवा, आर्थिक वर्ष २०७५/०७६ मा अघि सारेका योजना र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेका थिए ।
अध्यक्ष कक्षपतिले नीति र कार्यक्रममा टेकेर विनियोजन गरिएको बजेट तथा टोल, बस्ती, वडा, विषयगत समिति, कार्यपालिका हुँदै गाउँसभाबाट पारित गरिएका योजनाको कार्यान्वयनलाई प्रमुखतामा राखेर कार्यसम्पादन गरिएको बताए । उनले विषयगत समिति, पालिकाले गरेको कार्यप्रगति समेत प्रस्तुत गरे ।
यस्तै उपाध्यक्ष विकले जनता र पालिकाबीचको सहकार्यमा अगाडी बढ्दा विकास निर्माण तथा योजना कार्यान्वयन प्रभावकारी हुने बताइन् । खजुरा गाउँपालिकाको आयोजना तथा बास, नेपालगञ्जको सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडाध्यक्षहरुले सहभागीको गुनासो मेटाएका थिए ।
कार्यक्रममा विद्युत अनियमितता, लो भोल्टेज, अव्यवस्थित तार, समयमा सडक कालोपत्रे नहुनु, गुणस्तरीय निर्माण, खानेपानी, खजुरा कपास विकास समितिदेखि धनौलीसम्म निर्माण हुने फोरलेन सडकले गति लिन नसकेको लगायतका कुरा उठाउँदै सहभागीहरुले वित्तीय कुरामा गाउँपालिकाले वडालाई अधिकार दिनुपर्ने सुझाव दिएका थिए ।

Next Post

खजुराका जनप्रतिनिधिलाई शुद्ध पानीको बारेमा अनुशिक्षण

३० असार २०७६, सोमबार १६:५७
सदरलाइनडटकम, नेपालगञ्ज  : स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका सबै पालिकामा स्वच्छ खानेपानीको अधिकार प्रत्याभूत गराउन अभियान सुरु गरिएको छ । यसक्रममा सोमबार बाँकेको खजुरा गाउपालिकाका पदाधिकारी र उपभोक्ता समितिका सदस्यहरुलाई खानेपानीको स्वाच्छताबारे अनुशिक्षण समेत गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा गुणस्तरीय पीउने पानी तथा पूर्ण सरसफाई अभियान सम्बन्धी कार्यक्रमलाई सहजिकरण […]