पाँच नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२७ असार २०७६, शुक्रबार १९:०६
 

सदरलाइनडटकम,
पाल्पा :  पाँच नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बुधबारदेखि पाल्पामा शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
प्रतियोगितामा १६ स्वर्ण १४ रजत र ११ काँस्य गरि कुल ४१ पदक जित्दै दांग जिल्लाले रनिंग शिल्डको ट्रफी उचालेको छ ।
त्यस्तै १० स्वर्ण ७ रजत र ११ काँस्य गरि कुल २८ पदक जित्दै बांके जिल्ला दोस्रो तथा ८ स्वर्ण ४ रजत गरि कुल १२ पदक जित्दै रोल्पा जिल्ला तेस्रो भएको छ ।
श्ुक्रबार सम्पन्न भएको खेल अन्तरगत भलिबल पुरुषतर्फ पाल्पा प्रथम, रोल्पा दोस्रो तथा रुपन्देही तेस्रो भयो । महिलातर्फ रुपन्देही प्रथम, दांग दोस्रो तथा पुर्ब रुकुम तेस्रो भयो ।
यसै कपर्दी पुरुषतर्फ नवलपरासी प्रथम , दांग दोस्रो तथा अर्घाखाँची र रुपन्देही तेस्रो भए । महिलातर्फ नवलपरासी प्रथम , दांग दोस्रो तथा अर्घाखाँची र बर्दिया तेस्रो भयो ।
एथ्लेटिक्समा दांग प्रथम, बाँके दोस्रो तथा बर्दिया तेस्रो भयो । यस अघि तेक्वान्दो र उसुमा बांके तथा करातेमा रोल्पा प्रथम भईसकेको छ ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद बवकास समिति, ५ नम्बर प्रदेशको आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । प्रदेश प्रतियोगिताबाट छनौट भएका १०५ जना खेलाडी यहि असार २९ गतेदेखि काठमाडौंमा आयोजना हुने केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन शुक्रबारै त्यसतर्फ प्रस्थान गरेका छन् ।
बिजयी खेलाडीहरुलाई प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य, मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिति ५ नम्बर प्रदेशका उपाध्यक्ष नरेन्द्र थापा, पाल्पा नगरपालिकाका प्रमुख अशोक कुमार शाही, खेलकुदका क्षेत्रीय सदस्य चन्द्रमणी गैरे, वसन्त जिआर, जिल्ला खेलकुद बिकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्ले लगायतले पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरेका थिए ।

Next Post

सभाहाल नेपालगञ्जमै बन्ने : मन्त्री राई

२७ असार २०७६, शुक्रबार १९:०६
सदरलाइनडटकम, नेपालगञ्ज : शहरी विकास मन्त्री मो. इस्तियाक राईले नेपालगञ्ज उद्योग बाणिज्य संघ सँगको सम्झौता खारेज भएपनि नेपालगञ्जमा बहुउद्देश्यीय सभाहल र प्रदर्शनी स्थल निर्माण हुने बताएका छन् । संघले सभाहल निर्माणका लागि भोगाधिकारका प्राप्त गरेको सडक डिभिजन कार्यालयको १० विघा जग्गाको सम्झौता मन्त्री परिषदले खारेज गरेको हो । मन्त्री राईले […]

सम्बन्धित