सुशासन सम्वन्धी दुईदिने अनुशिक्षण सम्पन्न

२६ असार २०७६, बिहीबार १९:२८
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : डुडुवा गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुलाई सुशासन र लेखा व्यवस्थापनका बारेमा अनुशिक्षण दिइएको छ । गाउँपालिकाको सहयोगमा अवधी पत्रकार संघ नेपालले आयोजना गरेको अनुशिक्षणमा १० वटा सामुदायिक बनका करीब ४० जनाको सहभागिता रहेको थियो ।
दुईदिने अनुशिक्षणमा फेकोफनका डिल्ली रावत, महेन्द्र शाही, सूचना अभियन्ता विश्वजित तिवारीले सामुदायिक बनमा सुशसान तथा आर्थिक लेखा व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरेका थिए ।
अनुशिक्षणको बिहीवार समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकामा रहेका सामुदायिक बनहरुलाई व्यवस्थित गर्न विशेष कार्यक्रमका साथै बनका पदाधिकारीहरुसंग परामर्श लिई बन उपभोक्त हितका कार्यक्रम ल्याइने बताए । अध्यक्ष चौधरीले सामुदायिक वन समुहलाई पर्यटन क्षेत्रसंग जोडेर उपभोक्ता आयआर्जनका कार्यक्रमलाई विशेष प्राथमिकता दिने जानकारी दिए ।
संघका अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा भएको समापन कार्यक्रममा फेकोफन गाउँपालिकास्तरीय संजालका अध्यक्ष बेलबहादुर बोहरा, जिल्ला सदस्य डिल्ली रावत, फेकोफन प्रदेश नं. ५ का सदस्य महेन्द्र शाहीलगायतले धारणा राखेका थिए । पछिल्लो समयमा सामुदायिक बन समुहमा आर्थिक अनियमितताका साथै लेखा व्यवस्थापनमा समस्या भएपछि यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

Next Post

बीचमै पढाई छाड्ने बिद्यार्थीसँग बालसल्लाह

२६ असार २०७६, बिहीबार १९:२८
सदरलाइनडटकम, नेपालगञ्ज : बिद्यालय नियमित हुन नसकेका र बिपन्न बिद्यार्थीहरुका लागि नेपालगञ्जमा एक दिने आउट डोर तथा बाल सल्लाह कार्यक्रम गरिएको छ । नेपालगञ्जका बिभिन्न बिद्यालयमा अध्ययन गर्दै आएपनि कैंयन कारणले बीचमै पढाई छाडेका तथा बिपन्न बिद्यार्थीहरुलाई उत्पे्ररित गर्न शुक्रबार नेपालगञ्जमा सो कार्यक्रम गरिएको हो । बिभिन्न समयमा आर्थिक तथा […]