विपदमा खोज तथा उद्दारको लागि सामाग्री हस्तान्त्रण

२६ असार २०७६, बिहीबार १८:४६
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके)  : बाँकेमा बाढी जन्य प्रकोपको बेलामा खोज तथा उद्दारका साथै समुदायमा सुचना पुराउनको लागि आवश्यक सामग्री जिल्ला विपद व्यवस्थापन समितिले विभिन्न समुदायिक विपद व्यवस्थापन समितिलाई हस्तान्त्रण गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेका फोकलपर्शन तथा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले प्राकृतिक प्रकोपका बेला सर्वसाधारणलाई खोज तथा उद्दारको लागि बाँकेको राप्ती सोनारी गाउपालिकालाई विभिन्न सामाग्री हस्तान्त्रण गरेका छन् ।
उनले हस्तान्त्रण गरेका सामगीहरुमा सुचना पुराउनको लागि साईरन ३ थान, राहत तथा उद्दार गर्नको लागि आवश्यक पर्ने लाईफ ज्याकेट १६थान लाईफ ब्वाय (रिङ्ग) ३, प्लास्टीको डोरी ६ बन्डल, थ्रोब्याग, मेघाफोन लगायतका रहेको छन ।
उनले बाँकेको बाढीजन्य प्रकोपमा अतिनै प्रभावित रहेको राप्ती सोनारीको १, ४ र ७ नंम्बर वडामा उद्दार सामग्री गाउपालिकाका अध्यक्ष लाहुराम थारुलाई हस्तान्त्रण गरेका हुन । यसैगरी बैजनाथ गाउपालिकाको वडा नं ६ लाई हस्तान्त्रण गरि सकेको र डुडुवाको १ र ५ नंम्बर वडालाई शुक्रबार हस्तानत्रण गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच बाँकेमा बाढी जन्य प्रकोपबाट क्षति न्यूनिकरण गर्नको लागि आवश्यक सबै तयारी पुरा भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

Next Post

डुडुवाले व्यावसायिक करको दायरा बढाउँदै

२६ असार २०७६, बिहीबार १८:४६
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले व्यवसाय करको दायर विस्तारको कार्य शुरु गरेको छ । गाउँपालिकाअन्तर्गत रहेका विभिन्न व्यावसायिक पसलहरुलाई करको दायरामा ल्याउनका लागि अभियान थालिएको हो । गाउँपालिकाअन्तर्गत रहेका विभिन्न साना तथा ठुला व्यवसायिक पसलहरुलाई शुरुमा दर्ता प्रक्रियामा ल्याउनका लागि अहिले तथ्यांक संकलनकर्ताहरुलाई खटाइएको छ । संकलनकर्तालाई खटाएर […]