बिओपी कालाबञ्जरमा तीन हजार बृक्षारोपण

  
  प्रकाशित मितिः बिहिबार, असार २६, २०७६       | 85 Views   ||

सदरलाइनडटकम,
डुडुवा (बाँके) : सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट कालाबञ्जर बाँकेमा बिहीवार बृक्षारोपण गरिएको छ । डिभिजन बन कार्यालयको आर्थिक र प्राबिधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित सशस्त्रको बीओपीमा बृक्षारोपण गरिएको बीओपी कालाबञ्जरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिंहले जानकारी दिए ।
कार्यालयले प्रदान गरेको बकाइनो, मसला, जामुन, अमला, सागवन, गुलमोहर, निम, सितलचिनी प्रजातिका ३ हजार १ सय बिरुवा बीओपी परिसर भित्र रोपिने शसस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेडक्वार्टर, बागेश्वरी बाँकेका गणपति एवं शसस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताए ।


कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, शसस्त्र प्रहरी उपरीक्षक शाह, डिभिजन बन कार्यालय बाँकेका अधिकृत मोहन श्रेष्ठ, सहायक बन अधिकृत रमेश बुढाथोकी, कोलेनिका बाँकेका प्रमुख कोष नियन्त्रक रामचन्द्र शर्मालगायतले बृक्षारोपण गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, असार २६, २०७६     4:32:35 PM  |