बाँकेमा कुटपिटबाट महिलाको हत्या

  
  प्रकाशित मितिः बुधबार, असार २५, २०७६       | 57 Views   ||

सदरलाइनडटकम,
नेपालगन्ज  : बाँकेको नेपालगन्जमा एक महिलाको कुटपिटबाट हत्या भएको छ । नेपालगन्ज उप–महानगर वडा नं. २ घरबारीटोलकी ३६ वर्षिया ललिताकुमरी लोधको हत्या भएको हो ।
मृतकका छोरा अमन लोधले दिएको जानकारी अनुसार मृतक ललिताका श्रीमान शिवकुमार लोधले कुटपिट गरी हत्या गरेका हुन । विद्यालय गएका छोराले घरमा आमालाई नदेखेपछि सोध खोज गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो ।
सधैजसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेलामा कुटेर हत्या गरी शव घरमा रहेको ड्रममा राखेको अवस्थामा फेला पारी उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पुर्याईदा चिकित्सकले केही घण्टा अघि नैै मृत्यु भएको बताएका थिए ।
यसैबीच जिल्ला पहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बिरबहादुर वलीले घटनाको जानकारी करिब छ बजेतिर आएको र मृतकका श्रीमान शिवकुमारसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको बताए । मृतक ललिताको अनुहार, टाउको , र शरिरमा चोट लागेको छ ।

प्रकाशित मितिः बुधबार, असार २५, २०७६     7:37:54 PM  |