भोजपुरमा विप्लव समूह र प्रहरीबीच भिडन्त

  
  प्रकाशित मितिः बुधबार, असार २५, २०७६       | 15 Views   ||

तस्बिर : थाहाखबर ।

सदरलाइनडटकम,
भोजपुर : भोजपुरमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । भोजपुर बजार नजिकै शनिबारे हटियामा गोली चल्दा १ जना प्रहरी र गोली चलाउनेको पनि ज्यान गएको प्रहरीले जनाएको छ । गोली लागेर खोटाङ घर भई भोजपुरमा कार्यरत प्रहरी सञ्जिव राईको ज्यान गएको हो ।
राईको ज्यान गएपछि जवाफी कार्वाहीका क्रममा गोली चलाउने चन्द समूहका नीर कुमार राईको पनि ज्यान गएको हो । गोली किन र कसरी चल्यो भन्ने अनुसन्धान भइरहेको छ । अहिले भोजपुरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, असार २५, २०७६     2:20:33 PM  |