अविरल वर्षातले डुडुवामा बाढी पस्यो

२४ असार २०७६, मंगलवार १८:३९
 


सदरलाइनडटकम,
डुडुवा (बाँके) : डुडुवा गाउँपालिकामा आएको बाढिले कच्बे डुबाएको छ । गाउँपालिकाको वडा नम्बर २ स्तिथ बेतहनी सडक खण्डको कच्बे डुुुबाउँदा साइकल तथा मोटरसाइकलहरु ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
कच्बेको तल धान रोप्न तयारी अवस्थामा रहेका खेतहरु समेत डुबानमा परेका छन् । खेतहरु डुबानमा पर्दा धान लगाउन ठिक्क पारेका खेत डुबान हुँदा समस्यामा परेको बेतहनीका स्थानीयहरुले बताए ।
यस्तै बेतहनीमा घरभित्रसमेत पानी पसेको छ । सोमवार राती डुडुवा नालामा आएको बाढीले गाउँपालिकाको वडा नम्बर ३ राजारामपुर्वाका मोलहे अहिरका तीनवटा भैंसी मरेका छन् । उनका भैैंसीहरुलाई बाढीले बगाएको हा े। यता गाउँपालिकाका अध्यक्ष चौधरीले बाढीबाट गाउँपालिकाका सबै स्थानीयहरुलाई सतर्क रहन आग्रह गरेका छन् ।

Next Post

ग्रीन सिटीका लागि खजुरा र युएन प्रमुखबीच सम्झौता

२४ असार २०७६, मंगलवार १८:३९
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिका र चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरबीच मंगलवार उज्वेकिस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता भएको छ । उज्वेकिस्तानमा सञ्चालन भइरहेको ग्रीन एकोनोमी कार्यक्रममा सहभागी खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ‘हरित कृषि र हरित शहरीकरण’का लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् । अध्यक्ष कक्षपति […]