कोहलपुरद्वारा ग्रीनबेल्टमा वृक्षारोपण

२४ असार २०७६, मंगलवार १७:५५
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. ११ को चौकदेखि दक्षिण चार लेन सडकको बीच भागमा रहेको ग्रीनबेल्टमा वृक्षारोपण गरिएको छ । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले इन्द्रकमलको बिरुवा लगाएर वृक्षारोपणको उद्घाटन गरेका हुन् ।
सो स्थानमा प्रत्येक ५ मिटरको दुरीमा मुसुन्डा, इन्द्रकमल, क्रोटनलगायत प्रजातीका विरुवाहरु रोपण गरिएको छ । कोहलपुर नगरपालिकालाई हरित नगरपालिका बनाउने उद्देश्यले यो वर्ष एक हजार बिरुवा लगाउने मेयर रावतले बताए ।
मंगलवार बिहान गरिएको बृक्षारोपण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, उद्योग वाणिज्य संघ प्रदेश नं. ५ का सदस्य नरेन्द्र पौडेल, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक भद्र थापा, कोहलपुर नगरपालिकाका प्रेस सल्लाहाकार भिम रावत, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका श्रमिकलगायतको सहभागिता रहेको थियो ।

Next Post

पानीको निकास थुनिँदा नेपालगञ्जको केही भाग डुबानमा

२४ असार २०७६, मंगलवार १७:५५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित औद्योगिक क्षेत्र तथा जनस्वास्थ्य कार्यालय पछाडीको बस्ती मंगलवार डुबानमा परेको छ । भेरी प्राविधिक शिक्षालय र बेलासपुर हुदै बग्ने नालामा पानी बग्न नपाउँदा डुबान समस्या बल्झिएको हो । दुबै नालाको मिलनविन्दुमा नालाभरी झारपात उम्रिएर निकास थुनिएको छ । नेपालगञ्जमा सोमवार राती […]

सम्बन्धित