समुदायमा सूचनासँग सम्बन्धित ज्ञान बढ्दै

२३ असार २०७६, सोमबार १९:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सुन्दर शान्त नेपाल परियोजना कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारिरहेको देखिएको छ । परियोजनाले संचालन गरेको कार्यक्रमहरुको माध्यमबाट समाज शुशासन, उत्तरदायी र जिम्मेवार बनाउने कुरामा सकारात्मक सहयोग पुगेको सोमवार नेपालगञ्जमा आयोजना गरिएको परियोजनाको त्रैमासिक समिक्षा बैठकबाट देखिएको हो ।
समुदाय, सञ्चारकर्मी र नागरिक संवाद समूहबीच गरिएको छलफलमा प्रस्तुत गरिएको कार्यक्रमका उपलब्धीहरुमा समुदायमा सूचना माग गर्ने क्रम बढेको, सीमान्तकृत समुदायको बिकास र उत्थानका लागि स्थानीय तह सक्रिय भएको, जनप्रतिनिधिहरुले स्थानीय भाषामै नागरिक वडा पत्र राख्ने प्रतिबद्धताहरु जनाएको जस्ता सकारात्मक कार्यको शुरुवात भएको पाइएको छ ।
परियोजनाअन्तर्गत गठित नागरिक संवाद समूहको माध्यमबाट प्रदान गरिएको जनचेतनामुलक कार्यक्रमले आम सर्वसाधारणलाई स्थानीय निकायको काम, प्रक्रियाबारे जानकारी मिलेको, वन उपभोक्ता समूहमा सीमान्तकृत समुदायको सहभागिता बढेको छ भने बजार अनुगमन तथा अखाद्य बस्तु आयातमा रोक लगाइएको समेत समिक्षामा प्रस्तुत गरिएको उपलब्धीमा देखिएको छ ।
त्यस्तै आगामी दिनमा समाजमा शुशासन कायम गर्न तथा सम्पूर्ण आम समुदायलाई जिम्मेवार बनाउन गर्न सकिने र गरिने कार्यक्रमबारे समेत सुझाव संकलन गरिएको नागरिक संवाद समूहका संयोजक साहिल अन्सारीले जानकारी दिए । इन्टरनेशनल अलर्ट, सेफवल्ड र बिबिसी मिडिया एक्शनको सहयोगमा युनिक नेपालद्वारा सञ्चालित परियोजनाले अगामी दिनहरुमा समाजलाई शुशज्जित तथा सभ्य बनाउने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने समिक्षामा सहभागिहरुले सुझाएका छन् ।

Next Post

इस्टर्न रिजन क्रिकेटको उपाधिसँगै नेपाल एशिया कपमा छनोट

२३ असार २०७६, सोमबार १९:४३
सदरलाइनडटकम, काठमाण्डौ : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । नेपालले हङकङविरुद्ध ६ विकेटको जित दर्ता गराएको हो । उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने एसिसी यू–१९ एशिया कपम क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । एशिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र […]