युवालाई जीवनोपयोगी र बित्तीय सीप दिईंदै

२३ असार २०७६, सोमबार १९:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा रहेका युवा क्लबका पदाधिकारीहरुका लागि चार दिने जीवन उपयोगी तथा बित्तीय सीप तालिम सञ्चालन गरिएको छ । युवा क्लबमा रहेका युवाहरुमा सहि निर्णय गर्नसक्ने क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सोमबारदेखि नेपालगञ्जमा सो तालिम सञ्चालन गरिएको हो ।
सेफ द चिल्ड्रेनको सहयोगमा तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा सामाजिक बिकास मञ्च (एसडिएफ) बाँकेले आयोजना गरेको तालिमको उद्घाटन सत्रमा बोल्दै सेफ द चिल्ड्रेनका परियोजना निर्देशक रत्नराज ओझाले जीवनका लागि आवश्यक पर्ने जीवन उपयोगी सीप प्रदान गरेर युवामा सकारात्मक सोंच, निर्णय गर्न सक्ने क्षमता बृद्धि गर्न यो तालिम सहयोगी हुने बताए ।
उनले जीवनलाई आर्थिकरुपमा सबल बनाउन युवाहरुमा आर्जन तथा आम्दानीको बाटो निर्माण गर्नु एकदमै जरुरी रहेको बताउँदै प्राबिधिक सीप सबैलाई आवश्यक रहेकोमा जोड दिए । अहिलेको युवाहरुमा घरपरिवारले भनेका राम्रा कुरामा ध्यान कम जाने तर साथीभाईले भनेको कुरामा बढि ध्यान जाने कारणले नै युवाहरु सहि दिशा वा कार्यमा अग्रसर हुन नसकेको हुँदा उचित निर्णय गर्नसक्ने सीप भएमात्र अगाडी बढ्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा एसडिएफका बरिष्ठ सल्लाहकार घनश्याम रिजालले अहिलेको समयमा युवाहरुमा कुनै न कुनै प्रकारको सीप हुनुपर्ने जिकिर गरे । उनले आफुमा सीप नभएकै कारण बेरोजगारी तथा बैदेशिक रोजगारमा जानेहरुको संख्या बढि रहेको धारणा राखे । संस्थाका सचिव श्याम थापाले समाजको बिकासका लागि युवाहरुले पनि उत्तिकै योगदान दिएमात्र राम्रो र सुरक्षित समाज हुन सक्ने हुँदा युवाहरुको सकारात्मक सोंचले समुदाय, गाउँ, क्षेत्र र देशको बिकासमा सहयोग पुग्ने बताए ।
युवा शशक्तिकरण बुलगारी परियोजनाअन्तर्गत सञ्चालित तालिममा बिभिन्न टोल, वडाहरुमा रहेका ६ वटा युवा क्लबका चारचार जना गरी २४ जना युवाहरुको तालिममा सहभागिता रहेको कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिए । संस्थाले नेपालगञ्जका बिभिन्न टोलहरुमा रहेका युवाहरुलाई जीवन उपयोगी सीप तथा लघु उद्यम तालिम, कार्यक्रम सञ्चालन गरेर युवाहरुलाई व्यवसायतर्फ सक्रियसमेत बनाएको परियोजनाका सुपरभाईजर सहजराम यादवले बताए ।

Next Post

समुदायमा सूचनासँग सम्बन्धित ज्ञान बढ्दै

२३ असार २०७६, सोमबार १९:३८
सदरलाइनडटकम, नेपालगञ्ज : सुन्दर शान्त नेपाल परियोजना कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारिरहेको देखिएको छ । परियोजनाले संचालन गरेको कार्यक्रमहरुको माध्यमबाट समाज शुशासन, उत्तरदायी र जिम्मेवार बनाउने कुरामा सकारात्मक सहयोग पुगेको सोमवार नेपालगञ्जमा आयोजना गरिएको परियोजनाको त्रैमासिक समिक्षा बैठकबाट देखिएको हो । समुदाय, सञ्चारकर्मी र नागरिक संवाद समूहबीच गरिएको छलफलमा प्रस्तुत […]