कञ्चनपुर बसपार्कमा सिसि क्यामेरा जडान

  
  प्रकाशित मितिः सोमवार, असार २३, २०७६       | 21 Views   ||

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगर (महेन्द्रनगर) बजारमा रहेको बस पार्कमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । बसपार्क क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्नका लागि बस पार्कमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।
यातायात व्यवसायी समितिहरूको दुई लाख र यातायात व्यवसायी निरज बोहराको एक लाख ३७ हजार निजी लगानी गरी तीन लाख ३७ हजारमा सात वटा क्यामेरा जडान गरिएका छन् । सिसिटिभीको कन्ट्रोल रुपमा प्रहरीको मातहतमा रहने गरी राखेका छौं महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष डम्बरदत्त पन्तले भने, ‘यसबाट बस पार्कमा हुने चोरी, झैँझगडा, ट्राफिकका समस्या र बस पार्क क्षेत्रमा हुने अन्य गतिविधिमाथि निगरानी बढाउन सहज हुने छ।’ सिसिटिभी क्यामेरा जडान भएपछि बस पार्क क्षेत्रको सुरक्षालाई मजवुत बनाउन सकिने र सुधारका अन्य कार्यहरू सञ्चालन गर्न सकिने उनले बताए ।
समितिका अध्यक्ष पन्तले अनुसार यात्रुको सहजताका लागि बसपार्क क्षेत्रमै नागरिक सहायता केन्द्र समेत स्थापना गरिएको बताए । यात्रुको गुनासो सुन्न र समस्या निराकरण गर्नका लागि केन्द्र स्थापना गरिएको हो । मर्कामा परेका यात्रुले नागरिक सहायता केन्द्रमा सम्पर्क गरे तत्कालै समस्या समाधानका लागि पहल गर्ने व्यवस्था गरिएको अध्यक्ष पन्तको भनाई रहेको छ ।

प्रकाशित मितिः सोमवार, असार २३, २०७६     6:00:00 PM  |