वडास्तरीय फुटबलको उपाधी तुलसीपुर ११ लाई

२२ असार २०७६, आईतवार १७:३८
 

सदरलाइनडटकम,
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता २०७६ को उपाधी वडा ११ ले हात पारेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० र ११ को सयुक्त आयोजनामा संचालित प्रतियोगितामा वडा नं. १० लाई ट्राईवेकरमा पाखा लगाउँदै वडा न ११ ले उपाधी चुमेको हो ।
गौरिगाउँ खेल मैदानमा भएको कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म दुबै टिमबाट गोल हुन नसकेपछी खेलको नतिजा ट्राईवेकर बाट निकालिएको थियो । प्रतियोगिताको समापन समारोह तुलसिपुर उपमहानगरपालिका वडा न १० का अध्यक्ष कुमार लामिछानेको अध्यक्षता एवं पुर्व सांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यता तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापती जगतबहादुर खड्काको बिशिस्ट आतिथ्यतामा भएको थियो ।
वडा नं. ११ का अध्यक्ष चित्रबहादुर वलिको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि भण्डारी, बिशिस्ट अतिथी खड्का, काँग्रेस नेता अर्जुन केसी, वडा नं. १० का वडा सभापती यमराज केसी, काँग्रेस क्षेत्रीय प्रतिनिधि होमप्रकाश गौतम, दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतलगायतले शुभकामना दिएका थिए ।

Next Post

आर्थिक गणनाको नतिजामाथि छलफल

२२ असार २०७६, आईतवार १७:३८
सदरलाइनडटकम, नेपालगञ्ज  : केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा बाँकेमा सार्वजनिक गर्दै सो नतिजाको बारेमा सरोकारवालासँग छलफल गरेको छ । विभागले केहीदिन अघि काठमाण्डौमा नतिजा सार्वजनिक गरेको थियो । बिभागले जिल्लातहमा बाँकेबाट पहिलोपटक नतिजा सार्बजनिक गर्नुको साथै सेवाग्राहीसंग छलफल गरिएको केन्द्रीय तथ्याङ्क बिभागका आर्थिक गणना शाखाका […]

सम्बन्धित