फुसको छाना विस्थापन गरिने : मन्त्री राई

२२ असार २०७६, आईतवार १६:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : शहरी विकास मन्त्री मो. इस्तियाक राईले गरिव तथा विपन्न समुदायको उत्थानका लागि सरकारले फुसको छाना विस्थापित गर्ने गरी कार्यक्रम ल्याएको बताएका छन् । सुरक्षित नागरिक आवास समन्वय समिति बाँकेद्वारा सेवाग्राहीलाई प्रमाणपत्र वितरण गर्दै उनले यसबर्ष मुलुकभरका २० हजार फुसका छानामा जस्तापाता लगाइने बताए ।
मन्त्री राईले दुई बर्षभित्रै नेपालगञ्जलाई देशकै नमूना शहरको रुपमा विकास गर्ने गरी लागिपरेको उल्लेख गरे । साउन पहिलो सातासम्म नेपालगञ्जमा १०–१२ फिटका हुर्कीसकेका रुखहरु रोपिने बताउँदै उनले नगरका ५० वटा चोकमा हाईमास्ट लाईट जडान गरिने जानकारी दिए । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा र प्रदेशसभा सदस्य विजयबहादुर यादवले फुसको छाना विस्थापित गर्ने सरकारी योजनाको सह्राना गरे ।
फुसको छाना विस्थापित गरि जस्तापाता लगाउनका लागि छनौंटका परेका ब्यक्तिलाई पहिलो किस्तामा ३० हजार रकम बैङ्कमार्फत जम्मा गरिनेछ । जस्तापाता लगाईसकेपछि बाँकी १७ हजार ५०० रुपैयाँ खातामा जम्मा गरिनेछ । बाँकेमा यसबर्षमा दुई हजार सातसय जना छनौंटमा परेका छन् ।
बाँकेमा क्षेत्र नम्बर १ को नरैनापुरमा तीनयसय, २ को नेपालगञ्जमा एकहजार चारसय र डुडुवामा सातसय तथा क्षेत्र नम्बर ३ को जानकीमा तीनसय घर फुसको छाना विस्थापनका लागि छनौंटमा परेका छन् ।

Next Post

नेपालगञ्जस्थित बहुउद्देश्यीय सभाहलको सम्झौता खारेज

२२ असार २०७६, आईतवार १६:१७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य सङ्घले कारकादौंमा सडक डिभिजन कार्यालयको जग्गामा बहुउद्देश्यीय सभाहल तथा प्रदर्शनस्थिल निर्माणका लागि पटक–पटक महोत्सव आयोजना गरि रकम संकलन गर्यो । सरकारले यसबर्ष एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेपनि बाणिज्य संघकै कारण प्रदर्शनीस्थल निर्माण नहुने भएको छ । संघले शुरुमा ३० बर्ष र पछि २० […]