पश्चिम नेपालमा बाढीको जोखिम, सतर्क रहन आग्रह

२१ असार २०७६, शनिबार १५:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : देशका पश्चिमी क्षेत्रमा शनिवार भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन बाढी पुर्वानुमान विभागले आग्रह गरेको छ । एक सूचना जारी गर्दै विभागले पश्चिम नेपालका डेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, वर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।
साथै विभागले १ हप्ता सम्म देशभरका प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै तटीय क्षेत्रमा रहेका कृषि उपज सम्भव भएसम्म चाँडो भित्र्याउन अनुरोध गरेको छ । शनिवार, आइतवार र सोमवार प्रमुख तथा मझौला नदीमा बाढीको जोखिम न्यून रहेको बताइएको छ ।
सोमवारबाट भने प्रदेश १, प्रदेश ३ र प्रदेश ५ को धेरै स्थानहरूमा भारी बर्षाको सम्भावना रहेकाले ती क्षेत्रका खोलानालाहरूमा आकस्मिक बाढी आउने पुर्वानुमान छ । कन्काई, मेची, बिरिङ, निन्दा लगायतका नदीमा उच्च बाढी आउन सक्ने विभागले जनाएको छ ।

Next Post

पाकिस्तानमा ७२ वर्षपछि खोलियो हिन्दू मन्दिर

२१ असार २०७६, शनिबार १५:५१
सदरलाइनडटकम, काठमाण्डौ : पाकिस्तानमा ७२ वर्षपछि पूजापाठका लागि फेरि हिन्दू मन्दिर खोलिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको निर्देशनमा पञ्जाव प्रान्तको सियालकोटामा रहेको हिन्दू मन्दिर पुनः खोलिएको हो । मन्दिर खुला भएसँगै पाकिस्तानी हिन्दु धर्मावलम्बी निकै हर्षित भएका छन् । सियालकोटस्थित शावाला तेजा सिंह मन्दिरलाई पाकिस्तानको स्वतन्त्रतापछि पहिलो पटक खोलिएको […]