गोली चलाएर रुपन्देहीमा ढाई लाख लुटपाट

१७ असार २०७६, मंगलवार १८:३१
 

सदरलाइनडटकम,
बुटवल : रुपन्देहीको गैडहवा गाउँपालिकामा अज्ञात समूहले गोली चलाएर दुई लाख ४१ हजार रुपैयाँ लुटेका छन् । मंगलवार गैडहवा–३ मा गोली चलाएर गैडहवा ताल सरसफाई समितिको रकम लुटिएको हो ।
लुम्बिनीस्थित कृषि विकास बैंकबाट पैसा निकालेर आउँदै गरेका तोले पासीमाथि वडा नं. ३ मा मोटरसाइकलमा आएका २ जनाको अज्ञात समूहले गोली प्रहार गरी उक्त रकम लुटेर लगेको गाउँपालिका अध्यक्ष बछु केवटले पुष्टी गरे ।
ताल सरसफाई समितिको रकम लिएर १ ह ३३७ नम्बरको रिक्सामा पासी गैडहवा गाउँपालिका वडा नं ३ अहिरण्डी चोकमा आइपुग्दा उनीमाथि आक्रमण भएको हो । कुनै मानवीय क्षति भने नभएको गाउँपलिका अध्यक्ष केवटले बताए ।

Next Post

चारलाख घुससहित इञ्जिनियर पक्राउ

१७ असार २०७६, मंगलवार १८:३१
सदरलाइनडटकम, पोखरा : खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाका इञ्जिनियर बसिअख्तर मोहम्मद ४ लाख घुससहित अख्तियारको फन्दामा परेका छन् । कार्यालय मातहत बनेको खानेपानी आयोजनाको रकम भुक्तानी दिनेक्रममा उपभोक्ता समितिका पदाधिकारीसँग कमिशन भन्दै घुस मागेका मोहम्मदलाई मंगलवार दिउँसो ३ बजे कार्याल परिसरबाटै अख्तियार पोखराको विशेष टोलीले पक्राउ गरेको हो । […]