छात्र फुटबलमा जनज्योतीको विजयी शुरुवात

  
  प्रकाशित मितिः सोमवार, असार १६, २०७६       | 67 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा जारी क्वीक्स कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सरोज चौधरीको ह्याट्रिकसहित जनज्योती पब्लिक हाइस्कूलले विजयी शुरुवात गरेको छ । जनयोतीले चौधरीको ह्याट्रिकसहित इन्ट्रीग्रेड इ. स्कूल, सैनिकलाई ४–० गोलले पराजित गरेको हो ।
जनज्योतीका लागि चौधरीले १०, १८ र ४५ मिनेटमा गोल गरेर ह्याट्रिक गरेका थिए । एक गोल भने जनज्योतीले उपहार पाएको थियो । इन्ट्रीग्रेडका हिमाल थापाले आत्मघाती गोल गरेका थिए । अर्को खेलमा गुराँस चाइल्डहुड, एकेडेमीले मंगल प्रसाद मावि, नेपालगञ्जलाई ३–० गोलले पराजित गरेको छ । गुराँसका लागि नितेश खड्काले दुई र युवराजसिंह ठकुरीले एक गोल गरेका थिए ।
भेरी विद्या मन्दिरले पनि विजयी शुरुवात गरेको छ । भेरीले गोर्खा युनाइटेड स्कूललाई १–० गोलले पराजितगरेको हो । भेरीका लागि निखिल तामाङले गोल गरेका थिए । भृकुटी इमि स्कूल बैजनाथ र नेरा मावि ओरीलालपुर, बैजनाथको खेलमा भृकुटीले जीत निकालेको छ । भृकुटीले ट्राइबेकरमा नेरा माविलाई ४–३ गोलले पराजित गरेको हो ।
भृकुटीका तर्फबाट अर्जुन कँडेल, सुजन थापामगर, साजन भण्डारी र उत्तम राजकोटीले गोल गरेका थिए भने किस्मत थापाले गोल गर्न सकेका थिएनन् । नेरा माविको तर्फबाट सुदीप वली, अभिशेष चन्द, लक्ष्मण बस्नेतले गोल गरेका थिए भने ललित चन्द्र रोक्कामगर र मदन सुनारले गोल गर्न सकेनन् । यी दुई बीच निर्धारित समयमा गोलरहित बराबरी भएको थियो ।

प्रकाशित मितिः सोमवार, असार १६, २०७६     7:51:45 PM  |