विवाद हुँदा कोहलपुरको नगरसभा स्थगित

  
  प्रकाशित मितिः शुक्रबार, असार १३, २०७६       | 31 Views   ||

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको पाँचौ नगर सभामा विवाद उत्पन्न भएको छ । गत असार १० गतेबाट शुरु भएको नगरसभा शुक्रबार बिहान १० बजे बोलाईएको थियो । आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममाथि दफाबार छलफल गर्ने क्रममा अधिकाशं संसोधित प्रस्तावहरु बहुमतले पास भएपछि काँग्रेस निकट जनप्रतिनिधीले शुक्रवारको बैठक बहिस्कार गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार थारु संग्राहलय राख्ने स्थानका विषयमा विवाद उत्पन्न भएको हो । विगतमा कोहलपुर नगरपालिका वडा नं. ११ मा थारु संग्राहलय निर्माण गर्ने भनिएपनि काँग्रेस निकट प्रतिनिधिहरुले शुक्रबारको सभामा १० नं. वडामा संग्राहलय निर्माण गर्नुपर्र्ने अडान राखेका थिए । गत नगरसभाले ११ नं. वडामा थारु संग्राहलय निर्माण गर्ने योजना पारित गरेको थियो । त्यसैगरी कोहलपुरको मसुरी खेतदेखि सत्यानको घुईयाबारीसम्म जोड्ने राजमार्गको नाम राख्ने विषमा समेत विवाद देखिएको छ ।
काँग्रेस निकट जनप्रतिनिधीहरुले सो सडकखण्डको नाम विपि राजमार्ग राख्नुपर्ने भन्दै नगरसभा वहिस्कार गरेको स्रोतले जनाएको छ । काँग्रेस निकट जनप्रतिनिधिहरुले सभा वहिस्कार गरेपछि ३ बजेसम्मलाई नगरसभा स्थगित गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, असार १३, २०७६     3:05:00 PM  |