नेकपा सचेतक शान्ता चौधरी बिग्रेडमा उर्तिण

१२ असार २०७६, बिहीबार १८:३४
 

सदरलाइनडटकम,
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सचेतक शान्ता चौधरीले बि–ग्रेडमा एसईई उतिर्ण गरेकी छन् ।

बिहीबार सार्वजनिक भएको नजिता अनुसार सांसद चौधरीले २.६५ ग्रेड (बी ग्रेड) ल्याएर एसईई पास गरेकी हुन् । गत चैतमा भएको एसईइ परीक्षामा सांसद चौधरीले दाङ्गको महेन्द्र मावि तुलसीपुर केन्द्रबाट परीक्षा दिएकी थिइन् ।


उनकी १७ वर्षीया छोरी बिनुले पनि सिर्जना बाल विद्यालय काठमाडौँबाट एसईई दिएकी थिइन् । उनले भने बी प्लस (२.८५ ग्रेड) ल्याएउदै उर्तिण गरकी छन् ।

पूर्वकमलरी समेत रहेकी चौधरी तत्कालीन एमालेबाट २०६४ र २०७४ मा सांसद भएकी हुन् । उनी अहिले प्रतिनिधिसभामा नेकपाको सचेतक छन् । चौधरीले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।

Next Post

करिश्माले ल्याईन बी प्लस

१२ असार २०७६, बिहीबार १८:३४
सदरलाइनडटकम, काठमाडौं  :  नेपाली चलचित्र जगतकी चर्चित नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा जीपीए ३ प्राप्त गर्दै ‘बी प्लस’ ग्रेड ल्याएर उर्तिण गरेकीछन् । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् । उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने सञ्चारमाध्यामलाई प्रतिक्रिया दिएकी छन् । नायिका मानन्धरले […]