प्रदेश सांसद नमुना नरैनापुरको डुवान क्षेत्रमा

१० असार २०७६, मंगलवार १९:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  बाँकेको नरैनापुर गाउँपालिकामा गत आइतबार आएको बाढीको कारण डुवानमा परेको डुवानको सो क्षेत्रबाट प्रदेश सभामा निर्वाचित सांसद कृष्णा केसी नमुनाले मंगलबार सो क्षेत्रको स्थलगत अवलोकन गरेकी छन् ।
भारतले सीमाको दशगजामा नै पानीको प्राकृतिक बहाव रोकेर बनाएको सडक बाँधको कारण गत आइतबार परेको अविरल वर्षातको कारण आएको बाढीले डुवानमा परेको महतनिया, रोशनपुरवा मुन्सीपुरवा, लगायतका दर्जनौ गाउहरु डुबानमा परेको थिए ।
प्रदेश सांसद नमुनाले भनिन–‘सीमा क्षेत्रमा भारतले प्राकृतिक बहाव तथा चुरे खहरेबाट आउने बहावलाई नै रोकेर बनाएको अन्तराष्ट्रिय सन्धी बिपरितका सडक बाँधका कारण नरैनापुरका दर्जनौ गाउमा पानी पसेर डुवान भएको छ । उनीहरुको खानेकुरा तथा दैनिक जीवनयापन अत्यन्तै दयनिय र कठिन भएको छ ।’
उनले आफुले नरैनापुरको बाढी समस्याको बारेमा सदनमा पनि कुरा उठाएको बताउदै बाँध रुपी सीमामा भारतले बनाएको सडक हटाउन केन्द्र सरकारले पनि कुटनीतिक पहल गर्न माग गरिन ।
बाढीका कारण स्थानीयको घर भत्कनुको साथै खानेकुरा लत्ताकपडा बगेको कारण वर्षात र गर्मीको बेलामा सुरक्षित बास तथा पिउने पानी समेतको अभाव देखिएको छ । निमाणाधिन रहेको हुलाकी सडकसमत बाढीले बगाएको छ ।
प्रदेश सांसद नमुनाले नरैनापुरका बाढी पीडितका लागि राज्यका तर्फबाट उनीहरुलाई सुरक्षित बासको पहल गर्न आवश्यक देखिएकोले प्रदेश सरकार, केन्द्र सरकार र स्थानीय तहले ठोस योजना ल्याई हातेमालो गर्दै अगाडी बढ्नु पर्ने बताईन ।    

Next Post

खजुराद्वारा ६६ करोडको बजेट प्रस्तुत

१० असार २०७६, मंगलवार १९:४८
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुका साथै ६६ करोड २६ लाख ६५ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख एकमाया विकले बजेट प्रस्तुत गरेकी थिइन् । म ंगलवार खजुरा गाउँपालिकाको […]