बाँकेको जानकीको बजेट ५१ करोड ५१ लाख ५१ हजार

१० असार २०७६, मंगलवार १८:४६
 

सदरलाइनडटकम,
जानकी (बाँके)  : बाँकेको जानकी गाउँपालिकाको जारी पाँचौ गाउँसभामा मंगलबार आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट पेश भएको छ । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले ५१ करोड ५१ लाख ५१ हजारको बजेट पेश गरेकी हुन ।

उपाध्यक्ष धितालले पेश गरेको बजेट जसमध्ये चालु खर्चतर्फ ८ करोड ५ लाख ५० हजार, पूँजीगत तर्फ ४३ करोड ५० लाख १ हजार विनियोजित गरिएको छ । यो वजेट गत वर्षभन्दा ११ करोड ६१ लाख १४ हजार ७ सय ५६ ले बढी छ ।

आर्थिक वर्ष ०७५/०७६ मा चालुतर्फ ५ करोड ६२ लाख ५० हजार र पूँजिगततर्फ ३४ करोड २७ लाख ८६ हजार २ सय ४४ गरी ३९ करोड ९० लाख ३६ हजार २ सय ४४ रुपैया रहेको बजेट प्रस्तुत भएको थियो ।


आर्थिक वर्ष २०७६/७७ को लागि प्रस्तुत अनुमानित बजेटको श्रोतहरुमा नेपाल सरकारको संघीय समानीकरण रु. १२ करोड ८ लाख सशर्त अनुदान तर्फ रु.१० करोड ७० लाख, प्रदेश सरकारको सम्मानीकरण तर्फ रु.४५ लाख ६८ हजार, प्रदेश सरकारको सशर्त अनुदान तर्फ ९० लाख, प्रदेश सरकारको विशेष अनुदान तर्फ ५२ लाख, समपुरक तर्फ १ करोड ५० लाख र राजश्व बाँडफाँड तर्फ संघीय सरकारको ७८ लाख, प्रदेश सरकारको ६० लाख प्राप्त हुनेछ ।

यसैगरी आन्तरिक आयतर्फ १५ प्रतिशत सम्म करको दर वृद्धि गरी थप करको दायरा बढाई ३ करोड ४७ लाख ६६ हजार पुर्याउने अनुमान गरिएको छ । सामाजिक सुरक्षा रकम १० करोड ५० लाख आवश्यक हुनेछ र बैंक मौज्दात २ करोड गरी कूल वार्षिक बजेट ५१ करोड ५१ लाख ५१ हजार पु¥याईने बजेटमा उल्लेख गरिएको छ ।

आईतवारदेखि शुरु भएको पाँचौ गाउँसभाले नीति तथा कार्यक्रम दफावार छलफलपछि सोमवार पारित गरेको छ भने बजेटमा छलफलको लागि शुक्रवार पुन गाउँसभा सञ्चालन हुने अध्यक्ष रामनिवास यादवले बताए ।

Next Post

कोहलपुर नगरपालिकाको पांँचौ नगरसभा सम्पन्न

१० असार २०७६, मंगलवार १८:४६
सदरलाइन /प्रमोद रिजाल, कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको पांँचौ नगरसभा कोहलपुरको नगर भबनमा सुरु भएको छ । सो सभाको कोहलपुर नगर प्रमुख तथा सभाध्यक्ष लुटबहादुर रावतले उद्घाटन गर्दै आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । नगरप्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्याक्रममा कोहलपुर नगरीलाई शैक्षिक हवको रुपमा […]

सम्बन्धित