प्रतिबन्धित बिप्लव समूहद्वारा बन्द आव्हान

  
  प्रकाशित मितिः सोमवार, असार ९, २०७६       | 32 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली अर्थात् असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । समयसमयमा नेपाल बन्दलगायत शैक्षिक हड्ताल गर्दै आएको प्रतिबन्धित विप्लव समूहले असार ७ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आएको र मंगलवार १० गते नेपाल बन्दको घोषणा गरेको हो ।
विप्लव नेतृत्वको ‘नेकपा’ को असार ७ गते प्रचार प्रसार कार्यक्रम थियो भने ८ गते कोणसभा तथा घरदैलो र ९ गते मसाल जुलुस कार्यक्रम रहेको थियो । यसरी कार्यक्रम गर्दै आएको विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले भोली १० गते नेपाल बन्द हुने विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मितिः सोमवार, असार ९, २०७६     4:53:31 PM  |