दृष्टिविहीन क्रिकेट प्रशिक्षण बुटवलमा सम्पन्न

७ असार २०७६, शनिबार १६:२५
 

सदरलाइनडटकम,
बुटवल : पाँच दिने दृष्टिविहीन क्रिकेट प्रशिक्षण बुटवलमा सम्पन्न भएको छ । दृष्टिविहीन क्रिकेट संघ लुम्बिनीको आयोजनामा भएका ५ दिने रोनाल म्याकुली कप, दृष्टिविहीन क्रिकेट प्रशिक्षण सम्पन्न भएको हो ।
२५ नयाँ खेलाडी सहभागी प्रशिक्षण कार्यक्रममा दृष्टिविहीन राष्ट्रिय खेलाडीहरु सुनिल सुवेदी, खेमराज सापकोटा, भुमा खरेलले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा दृष्टिविहीन क्रिकेट खेलाडीहरुले अपनाउनु पर्ने नियम, बलिङ, व्याटिङ, फिल्डिङ कसरी गर्ने भन्नेबारे प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्यक्रमको बुटवल उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाकी अधिकृत कोपिला ज्ञवालीले समापन गर्दै दृष्टिविहीन खेलाडीहरुको क्षमता बृद्धिमा प्रशिक्षणले महत्वपूर्ण भुमिका खेल्ने बताइन् ।
दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेत्रहीन युवा संघ रुपन्देहीका उपाध्यक्ष जीवन पोखरेल, दृष्टिविहीन क्रिकेट संघ लुम्बिनीकी सदस्य समिक्षा ज्ञवालीलगायतले मन्तब्य राखेका थिए ।

Next Post

जानकीलाई साक्षर गाउँपालिका घोषणा गरिँदै

७ असार २०७६, शनिबार १६:२५
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाका वडा नं. ६ गनापुरलाई शनिवार साक्षर वडा घोषणा गरिएको छ । १ हजार १ सय १७ जना निरक्षर रहेकोमा साक्षरता कक्षा सञ्चालन गरेर १ हजार ६१ जना साक्षर भएपछि गनापुरलाई आज साक्षर वडा घोषणा गरिएको गाउँपालिका शिक्षा शाखा संयोजक खगेन्द्र मल्लले जानकारी दिए […]