सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रक्तदान

७ असार २०७६, शनिबार १४:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : अन्तर्राष्ट्रिय लागुऔषधविरुद्धको दिवसका अवसरमा बाँकेमा सप्ताहब्यापी कार्यक्रमहरु भईरहेका छन् । दिवसका अवसरमा असार ५ देखि १२ गतेसम्म विभिन्न जनचेतनामुलक कार्यक्रमहरु भईरहेको लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज शाखाका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।
दिवसका अवसरमा शनिवार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विपी चोकमा आयोजित कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । अभियानअन्तर्गत बाँकेको कोहलपुरमा रहेको गोरखा बोर्डिङ स्कुलमा लागु पदार्थ दुब्र्यसनी सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिने छ । असार ८ गते बिहान ११ बजेदेखि विद्यालयस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिने भएको हो ।
त्यसैगरी असार ९ गते नेपालगञ्जको एविसी स्कुलमा समेत लागुपदार्थ दुब्र्यसनीसम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने प्रहरी निरीक्षक थापाले बताए । असार १० गते दशगजा क्षेत्रमा सरसफाईसँगै असार १२ गते जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्रभात फेरी निकालेर अन्तर्राष्ट्रिय लागूऔषधविरुद्धको दिवस समापन गरिने छ ।

Next Post

लागुऔषधसहित पक्राउ परेकाको मृत्यु

७ असार २०७६, शनिबार १४:४६
सदरलाइनडटकम, कैलाली : नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि प्रहरीले पक्राउ गरेको धनगढीका एक युवकको शुक्रवार राती उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट लागुऔषध खरीद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ परेका धनगढी उपमहानगरपालिका २ का ३७ वर्षीय सञ्जय न्यौपानेको सेती अञ्चल अस्पतालमा […]