नेपालगञ्ज उप–महानगर वडानं. १८ को वडा भेला आयोजना

७ असार २०७६, शनिबार १०:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : नेपालगञ्ज उप–महानगरपालिकाको वडानं. १८ ले आगमी आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम तथा बजेट विनियोजनका लागि शनिबार वडा भेलाको आयोजना गरेको छ ।
कारकाँदोमा रहेको होटल सिद्धर्थ भ्यूमा आयोजित गरिएको वडा भेलाले आगमी बजेट तथा कार्यक्रमका साथै विगतका कार्यक्रमको समीक्षा समेत गरियो । वडाको कार्यक्रमका लागि नागरिकको सहभागितामा भेला मार्फत कार्यक्रमको सुझाव संकलन गरिएको वडा अध्यक्ष दीपककुमार वर्माले जानकारी दिए ।
उल्लेख्य संख्यामा उपस्थित वडा नं. १८ का आम नागरिकले वडा कार्यालले वडाको विकासको लागि गरेको विगतको कामको समीक्षा समेत गरेका थिए ।
अध्यक्ष वर्माका अनुसार वडाका विभिन्न समस्यामा नागरिकको पहलमा प्राथमिकताक्रम गरी समस्यालाई समाधानका लागि सुझावहरु संकलन गरिनेछ । उप–महानगरपालिकाको सबै भन्दा बढी जनघनत्वसंगै बजारीकरण भईरहेको वडा भएको कारण पूर्वाधार निर्माण सबै बढी प्राथमिकता रहेको छ ।
अध्यक्ष वर्माको पहलमा विभिन्न वस्ती उप–महानगरपालिका र प्रदेश सरकारको सहयोगमा सडक निर्माण कार्य भईरहेको वडा सचिब मनोज रिजालले जानकारी दिए ।
शिक्षा, स्वास्थ्य र महिला बालबालिकाका सवाल पनि उत्तिकै महत्वपूर्ण रहेका छन । सबै सवालहरु एकै पटक समाधान गर्न नसके पनि क्रमिक रुपमा समाधान गर्दै आएको र पाँच वर्षे कार्यकालमा वडालाई नमुना विकास गर्ने लक्ष्य लिएको वडा सदस्य दिगविजय ढुङ्गानाले जानकारी दिए ।
वडा भेलामा शिक्षक, कर्मचारी, उद्योगी, व्यापारी, मजदुर महिलाको उल्लेख्य उपस्थिति रहेको थियो । वडाबासी नागरिकले दिएका सुझावलाई उप–महानगरबाट बजेटको सिलिङ्ग प्राप्त भएपछि प्राथमिकताका आधारमा कार्यक्रम तयार पारिने अध्यक्ष वर्माको भनाई रहेको छ । वडाको विकासको लागि वडा तहदेखि विभिन्न ७ चरणमा योजना छनौट गरी छलफल गरी कार्यन्वयनमा लगिने भएकोले वडाभेला गरीएको हो ।  

Next Post

मेघगर्जनसहित आज देशभर वर्षात हुने

७ असार २०७६, शनिबार १०:४१
सदरलाइनडटकम, काठमाण्डौ : देशका पश्चिम र मध्यपश्चिम क्षेत्रमा बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । जाजरकोट, डोल्पा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, नवलपरासी, पर्सा, गोर्खा लमजुङ स्याङ्जा लगायतका पश्चिम र मध्यपश्चिम क्षेत्रहमा शनिवार बिहानैदेखि पानी परिरहेको छ । महाशाखाका मौमसविद् समीर श्रेष्ठका अनुसार पश्चिम […]

सम्बन्धित