नेपालगञ्जमा झुण्डिएको अवस्थामा शव भेटियो

५ असार २०७६, बिहीबार १६:५३
 


सदरलाइनडटकम,
नेपालगञ्ज : रुखमा झुण्डिएको अवस्थामा बिहीवार विहान नेपालगञ्जमा एक युवकको शव भेटिएको छ । नेपालगञ्ज वडा नम्बर १२ मा एक युवकको झुण्डिएको अवस्थामा भेटिएको हो ।
नेपालगञ्ज मेडिकल कलेजको पछाडीस्थित बगियामा रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा बर्दिया बढैयाताल गाउँपालिका १ का बालकृष्ण मल्लको शव भेटिएको प्रहरीले जनाएको छ ।
आफ्ना बहिनीहरुसँग कोरियनपुर बस्दै आएका मल्ल भेरी प्राविधिकमा टेक्निकल विषय लिएर अध्यन गर्दै आएको प्रहरी बिटका हवल्दार बुद्धी चौधरीले बताए ।

Next Post

नेपालगञ्जमा मनाइयो अन्तर्राष्ट्रीय योग दिवस

५ असार २०७६, बिहीबार १६:५३
सदरलाइनडटकम, नेपालगञ्ज : विश्व योग दिवस शुक्रवार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । विश्व योग दिवसका अवसमा नेपालगञ्जमा विभन्न कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट शुक्रवार बिहान ब्याण्डबाजासहित निस्केको र्यालीले नगरको परिक्रम गरी पुनः प्रशासन कार्यालयमा पुगेर योगाभ्यास गरिएको थियो । र्यालीमा योग गुरुलगायत योगप्रेमिहरुको उल्लेख्य उपस्थिती […]