नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु

३ असार २०७६, मंगलवार १८:३५
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । वडा नम्बर ३ कालाफाँटाबाट मंगलवारदेखि कार्यक्रमको शुरुवात गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले शुभारम्भ गरे ।
पहिलो चरणमा सिंचाईका लागि पोखरी निर्माण गर्न वडा नम्बर ३ का ४२ जनालाई काममा लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । उनीहरुलाई न्यूनतम ज्याला ५ सय १७ रुपैयाँ दैनिकरुपमा दिइने बस्नेतले जानकारी दिए । अब केही दिनमै अन्य वडाहरुमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिने अध्यक्ष शाहले बताए ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मोल्हे बेहना शेष, २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार मौर्यलगायतको उपस्थिति थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नरैनापुर गाउँपालिकामा ५ हजारले आवेदन दिएका छन् ।

Next Post

भैरहवा विमानस्थलमा पेस्तोलसहित भारतीय पक्राउ

३ असार २०७६, मंगलवार १८:३५
सदरलाइनडटकम, भैरहवा : रुपन्देहीको गौतमबुद्ध विमानस्थल भैरहवाबाट हतियारसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत लखनउका ५० वर्षीय उमेश शुक्ला हतियारसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘मेड इन चेकोस्लोभाकिया’ लेखेको पेस्तोल र त्यसमा लाग्ने १६ राउण्ड गोलीसहित उनी पक्राउ परेको प्रहरीले बताएको छ । दिउँसो […]