बझाङमा जीप दुर्घटना, ६ जनाको मृत्यु

२ असार २०७६, सोमबार १७:४६
 

सदरलाइनडटकम,
बझाङ : बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीले बताए ।
दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । दुर्घटनामा एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको हो । जीप अप्ठेरो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको प्रहरी नायब निरीक्षक जोशीले जानकारी दिनुभयो । जीप दुर्घटनाको कारण भने थाहा नभैसकेको प्रहरीले बताएको छ ।
दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा छ र घटनाको विवरण आउन बाँकी छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागि परेको जोशीले जानकारी दिए ।

Next Post

बाँकेमा गरिब घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम लागू गरिदै

२ असार २०७६, सोमबार १७:४६
सदरलाइनडटकम, नेपालगञ्ज  : बाँकेमा गरिब घर परिवार पहिचान तथा गरिव परिचयपत्र वितरण कार्यक्रम सञ्चालन हुने भएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको सहयोग एवम जिल्ला समन्वय समिति बाँकेको आयोजनामा सञ्चालन हुने भएको हो । कार्यक्रम चालु आर्थिक वर्षमा ७ वटै प्रदेशका १२ जिल्लामा सञ्चालन गर्ने तयारीमा रहको […]