प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड (पूर्णपाठ)

२ असार २०७६, सोमबार ११:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क  : प्रदेश पाँचका मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका शंकर पोखरेलले प्रदेश नं. ५ को आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट भाषणमा प्रदेशको बजेट सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेशसभा वैठकमा कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षको लागि ३६ अर्ब ४४ बजेट ६८ लाख रुपैयांको वजेट प्रस्तुत गरेका हुन ।

गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको वजेट थियो । बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई रकम विनियोजन भएको छ ।

प्रदेश सरकारले करिब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ ।


यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख रुपैयाँ आउनेछ ।

बजेटमा संसद विकास कोष समावेश गरिएको छैन । तर सांसदहरुसँग माग गरेका शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समावेश गरेर हरेक सांसदले ६० लाख बराबरका योजना पाउने गरी बजेट बनाइएको छ । बजेटको पूर्ण पाठको लागि यसैमा राखिएको छ ।

Next Post

विकास निर्माणमा तीब्रता दिँदै नरैनापुर

२ असार २०७६, सोमबार ११:४९
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा धमाधम बाटो बनिरहेका छन् । गाउँगाउँमा ६ मिटर चौडा पक्की बाटो बनेपछि स्थानीय खुशी भएका छन् । वडा नम्बर ५ जमुनीमा गत बर्ष हुलाकी सडकबाट गाउँ जोड्ने ६ मिटर चौडाईको ५ सय मिटर लामो पक्की बाटो बनाएको गाउँपालिकाले यो बर्ष स्थानीयका घरहरु नै […]