बिस लाख नेपाली रुयैयासहित दुई भारतीय पक्राउ

  
  प्रकाशित मितिः शनिबार, जेष्ठ ३२, २०७६       | 75 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : शनिबार बैंकमा पैसा जम्मा गर्न आएका दुई भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय जमुनाहले २० लाख नेपाली रुपैयाँसहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

भारतीय नंम्बर प्लेटको स्कुटी चढेर शनिबार दिउसो करिव सढे बाह्रबजे रुपैडिहाबाट नेपाल प्रवेश गरेका उनीहरुलाई स्कुटीको डिग्गीमा सो पैसा राखेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
सो रकमसहति पक्राउ पर्नेहरुमा सीमावर्ती भारतीय शहर रुपैडिहाका ३० वर्षिय कमल गुप्ता र २५ वषर््िाय सानु गुप्ताको युपी ४० एच ९०१९ नंम्बरको स्कुटीमा राखेर नेपालगञ्ज ल्याउदै गर्दा शनिबार दिउसो साढे १२ बजे प्रहरी नियन्त्रणमा परेका हुन ।
ईलाका प्रहरी कार्यालय जमुनाहले बरमदी मुचुल्का गरी आवश्यक अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले २० लाख रुपैयासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा रहेको र उनीहरुमाथि अनुसंन्धान भई रहेको जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ३२, २०७६     6:28:11 PM  |