कृषि ज्ञानकेन्द्र र स्थानीय तहबीच समन्वय आवश्यक

३२ जेष्ठ २०७६, शनिबार १८:०८
 

सदरलाइनडटकम, 
नेपालगञ्ज    : कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले कृषि विकासका लागि स्थानीय तह र ज्ञान केन्द्रबीच समन्वयकारी भूमिका हुन आवश्यक रहेको बताएका छन ।
कृषि ज्ञानकेन्द्रले शनिबार नेपालगञ्जमा स्थानीय तहका कृषि प्राविधिक तथा कृषि कर्मचारी र ज्ञान केन्द्रका कर्मचारीवीच समन्वयात्मक कृषि विकास कार्यक्रम कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा बोल्दै सो कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले स्थानीय तह र ज्ञान केन्द्रवीचको समन्वयकारी भूमिकाले दोहोरोपन हट्ने, अनुदानको रकमको सही सदुपयोग हुने र भइपरी आउने समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सहकार्य र समन्वयका लागि कार्यक्रमबारे जानकारी, अवलोकन भ्रमण, कृषिका लागि संचालन गरिएका कार्यक्रमको संयुक्त अनुगमन, नियमित बैठक, स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, कृषि प्राविधिक सहितको चौमासिक अन्तरक्रिया लगायतका कार्यक्रम राखिएको प्रमुख ढकालले बताए ।
कार्यक्रममा बाली संरक्षण अधिकृत सकिल अहमदले किसानका समस्या समाधान गर्न, उत्पादन बढाउन सहकार्य र समन्वयले टेवा पुग्ने बताए । कृषि प्रसार अधिकृत मनोज सिंहले स्थानीय तहसंग समन्वय गरेर कृषि क्षेत्रमा भएका कमजोरी हटाउँदै कृषि विकासमा जोड दिए ।
कार्यक्रममा स्थानीय तहबाट सहभागी कृषि प्राविधिकहरुले कृषिमा पर्याप्त बजेट छुट्याउन नसकेका कारण कृषि क्षेत्रमा हुँदै आएका कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए ।


Next Post

बिस लाख नेपाली रुयैयासहित दुई भारतीय पक्राउ

३२ जेष्ठ २०७६, शनिबार १८:०८
सदरलाइनडटकम, नेपालगञ्ज : शनिबार बैंकमा पैसा जम्मा गर्न आएका दुई भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय जमुनाहले २० लाख नेपाली रुपैयाँसहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । भारतीय नंम्बर प्लेटको स्कुटी चढेर शनिबार दिउसो करिव सढे बाह्रबजे रुपैडिहाबाट नेपाल प्रवेश गरेका उनीहरुलाई स्कुटीको डिग्गीमा सो पैसा राखेको अवस्थामा नियन्त्रणमा लिएको […]

सम्बन्धित