करेन्ट लागेर महिलाको मृत्यु

  
  प्रकाशित मितिः शनिबार, जेष्ठ ३२, २०७६       | 54 Views   ||

सदरलाइनडटकम,
जानकी (बाँके)   :  बाँकेको जनाकी गाउपालिका–१ बरहैया गाउँमा शनिबार बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उरीक्षक प्रकाश सापकोटाले दिएको जानकारी अनुसार आफ्नै घरमा कुचो लगाउदै गर्दा २० वर्षिया अनिता गुप्तालाई करेन्ट लागेर उनको मृत्यु भएको हो ।

स्थानीयका अनुसार मृतकका बुवाले अटो रिक्सा चार्ज गर्न जोडेको बेलामा आँगनमा कुचो लगाउदै गरेकी अनितालाई एक्कासी करेन्ट लागेको थियो ।

यसैबीच बाँके राप्ती सोनारीको बिनौना हरिहरपुर जोड्ने पुल निर्माणको कार्यमा खटेको एक भारतीय मुलको मजदुरको मृत्यु भएको छ ।

शुक्रबार साँझ ४ बजे तिर पुलको पिल्लर बनाउने क्रममा चोट लागेर गम्भीर घाइते भएको भारत पश्चिम बंगाल मालदाको १८ वर्षिय मरिउल स्लामको उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक दुवैको शव आवश्यक अनुसंधान पुरागरी अन्तिम संस्कारको लागि आफन्तको जिम्मा लगाएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ३२, २०७६     4:47:20 PM  |