समुदायले शिक्षामा ध्यान दिन आवश्यक : अध्यक्ष अन्सारी

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६       | 56 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्स्लिम समुदायले शिक्षामा जोड दिन आवश्यक रहेको औल्याएका छन् । समुदायमा रहेको अशिक्षाको कारण पछाडि परेको कुरा उल्लेख गर्दै उनले राज्यको हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्वको आयोगले पहल सुरु गरेको बताए ।
उनले बुधबार नेपालगन्जमा मुस्लिम आयोगले आयोजना गरेको पाँच नं. प्रदेस स्तरिय मुस्लिम उत्थान र विकासका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रमको उद्दघाटन गर्दै सो कुरा बताएका हुन । अध्यक्ष अन्सारीले मुस्लिम आयोगले समुदायको शिक्षामा बढी जोड दिएको बताउँदै लोकसेवा आयोगका लागि निःशुल्क तयारी कक्षा संचालन गरिरहेको जानकारी दिदै उनले शिक्षालाई व्यवस्थित गर्दै मदरसा शिक्षालाई मूलधारमा ल्याउन मदरसाको व्यवस्थापन हुनु पर्ने धारणा राखे ।
उनले मदरसा शिक्षालाई आधुनिक शिक्षा प्रणालीमा जोड्दै बैज्ञानिक शैक्षिक पद्धती अवलम्बन गर्दै शिक्षामा आयोगको विशेष जोड रहेको उल्लेख गरे ।
हरेक प्रदेशमा समुदायको लागि मुसाफिर खाना, हज हाउस निर्माण गर्ने सोच बनाइरहेको अध्यक्ष अन्सारीले बताए । आफुहरुले हकअधिकारका लागि विगतमा लडाई लडेको बताउँदै अध्यक्ष अन्सारीले त्यसको उपलब्धी स्वरुप धेरै कुरा प्राप्त हुँदै आएको भए पनि पूर्णरुपमा अधिकार स्थापित भइनसकेको बताए । उनले अरुको अधिकार खोस्ने होइन आफ्नो अधिकार जोगाउन मुस्लिम आयोग लागेको बताए ।
कार्यक्रममा मुस्लिम समुदाय पूर्व मन्त्री, राज्यमन्त्री संविधान सभा सदस्य, संघिय सांसद, प्रदेश सभा सदस्य तथा राज्यका विभिन्न क्षेत्रमा प्रतिनित्वि गर्ने व्यक्तिहरुको सहभागिता रहे

प्रकाशित मितिः बुधबार, जेष्ठ २९, २०७६     6:41:54 PM  |