उपचारमा रहेका कैदीले श्रीमतिको सहयोगमा विष सेवन गरी आत्महत्या

२८ जेष्ठ २०७६, मंगलवार १८:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगञ्ज कारागारका एक कैदीले उपचारको क्रममा भेरी अञ्चल अस्पतालको शौचलायमा विष सेवन गरी आत्महत्या गरेका छन् । उनको साथमै बिष सेवन गरेकी उनकी श्रीमती पनि गम्भीर अवस्थामा उपचार भई रहेको छ ।
बाँके जानकी गाउपालिका–३ का २५ वर्षिय सुनिलकुमार तिवारीले नेपालगन्जको भेरी अञ्चल अस्पतालमा उपचारको लागि गएको अवस्थामा अस्पतालको शौचालयमा विष सेवन गरी आत्महत्या गरेको जेलर भरत पाण्डेले जानकारी दिए ।
मृतक तिवारी २०७५बैशाख ३ गते लागू औषध ब्राउनसुगरको मुद्दामा थुनुवाको रुपमा कारागारमा आएको र उनको मुद्दा फैसला भई आज मात्रै कैदीको पत्र कारागार आईपुगेको जेलर पाण्डेले बताए ।
१० दिन अघि मुखबाट रगत आएको भन्दै भेरी अञ्चल अस्पतालमा जाँच गराएका तिवारीलाई नियमित जाँच गराउन लगेको अवस्थामा श्रीमतिको सहयोगले तिवारी र उनकी श्रमतिले विष सेवन गरेर गम्भीर भएको अवस्थामा दुबैलाई नेपालगन्ज नर्सिङ्गहोममा उपचारका लागि पुराईएकोमा कैदी तिवारीको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर छन् ।
जेलर पाण्डेका अनुसार तिवारीलाई अस्पताल उपचारको लागि लगेको बेलामा तिवारीकै श्रीमतिले अस्पतालको शौचालयमा पहिला आफुले विष सेवन गरी तिवारीलाई शौचालयमा राखेको संकेत दिएकी थिईन । तिवारी शौच गर्न शौचालय पसेपछि लामो समय ढोका नखोल्दा प्रहरीले ढोका फोडेपछि मात्र घटना सार्वजनिक भएको थियो ।

Next Post

चार वर्ष थुनिएका मिश्रलाई चार वर्ष कैद फैसला

२८ जेष्ठ २०७६, मंगलवार १८:२७
सदरलाइनडटकम, दाङ : घोराहीमा एक किशोरीमाथि एसिड प्रहार गरेको अभियोगमा एक जनालाई ४ बर्षपछि चार बर्ष कैदको फैसला भएको छ । घोराही उपमहानगरपालिका १७ की २२ बर्षीया रिता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका ६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला भएको हो । दाङ देउखुरी जिल्ला […]

सम्बन्धित