मेलमिलाप तालिम नेपालगञ्जमा शुरु

२८ जेष्ठ २०७६, मंगलवार १७:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले मेलमिलापसम्बन्धी आठ दिने आधारभूत तालिम मंगलवारदेखि नेपालगञ्जमा शुरु गरेको छ । मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन उपमहानगरपालिका र सामुदायिक मेलमिलापकर्ता समाज नेपालले दोस्रो चरणको तालिम सञ्चालन गरेको हो ।
जिआईजेटको सहयोगमा सञ्चालित तालिममा उपमहानगरपाालिकाका १२ वटा वडाका ३६ जना सहभागी हुनुहुन्छ । यस अघि सञ्चालित तालिममा ११ वडाका ३३ जना सहभागी भएका थिए ।
विवादको साटो, मेलमिलापको बाटो भन्ने नाराका साथ शुरु तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध पाटोमा सहजीकरण गरिनेछ ।

Next Post

उपचारमा रहेका कैदीले श्रीमतिको सहयोगमा विष सेवन गरी आत्महत्या

२८ जेष्ठ २०७६, मंगलवार १७:५८
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालगञ्ज कारागारका एक कैदीले उपचारको क्रममा भेरी अञ्चल अस्पतालको शौचलायमा विष सेवन गरी आत्महत्या गरेका छन् । उनको साथमै बिष सेवन गरेकी उनकी श्रीमती पनि गम्भीर अवस्थामा उपचार भई रहेको छ । बाँके जानकी गाउपालिका–३ का २५ वर्षिय सुनिलकुमार तिवारीले नेपालगन्जको भेरी अञ्चल अस्पतालमा उपचारको लागि गएको […]