धम्बोझी र न्यू डाँफे बिजयी

  
  प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६       | 33 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगन्जको प्रहरी तालिम केन्द्रको खेल मैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत सोमबारको खेलमा धम्बोझी क्लब र न्यू डाँफे विजयी भएका छन् ।

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले दिएको जानकारी अनुसार सोमबार बिहान भएको पहिलो खेलमा धम्बोझी क्लवले युनाईटेड क्लवलाई ८ गोल अन्तरले पाखा लगाउदै खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भएकोछ ।

धम्बोझीका अशोक केसीले ३ गोल, प्रविन सुनार, ब्यापकराज शाही, अमित शाही, किस्मत सुनार र विशाल थापाले १÷१ गोलको योगदान रहेको थियो भने युनाईटेडका तर्फबाट गोल फर्काउन नसक्दा ८ गोलकाबिरुद्ध शुन्य मै सिमित रहनु परेको थियो ।

यसैगरी सोही खेलमैदानमा भएको दोस्रो खेलमा न्यूडाँफे क्लवले जयकिशन क्लवलाई ४–१ गोल अन्तरले पछाडि पार्दै न्यूडाँफेले खेल जितेको छ । न्यूडाँफेका सामोल गुरुङ्गले खेलको २ मिनेटमै पहिलो गोलगरी अग्रता दिलाए ।

उनलाई न्यूडाँफे कै क्रिजल ख्काले हेट्रिक गरी आफ्नो टिमलाई ४ गोलले अघि बढाउदा खेलको ३३ औं मिनेटमा जयकिशनका नरदेव बमले आफ्नो टिमका तर्फबाट पहिलो गोल गरे पनि टिमलाईे प्रतिश्पर्दामा ल्याउन कोशिस गरे पनि न्यूडाँफेका अगाडि केही चल्न सकेन । जिल्ला लिगमा ११ वटा टीमले भाग लिएका छन ।  

प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६     5:32:32 PM  |