मिडिया विधेयक पढेर प्रतिक्रिया दिन मन्त्रीको सुझाव

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६       | 52 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालगञ्जमा फोरजी परियोजनाको कोर कार्यालय राखिएको जानकारी दिएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा आइतवार नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले अबको एकबर्ष्भित्र फोरजीको काम हुने बताए ।
उनले नेपालगञ्ज फाईभजीको पाईलट परियोजनाका लागि पनि छनौंटमा परेको बताए । उनले मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासङ्घले शुरु गरेको आन्दोलनप्रति आक्रोश ब्यक्त गरे । संसदमा दर्ता भएको विधेयकका विषयमा सडकमा नभई संसदमा छलफल गरेर थप समृद्ध बनाउन सकिने जिकिर गरे ।
पत्रकार महासंघका नेताहरुले अरुलाई भुलभुलैयामा राखेको भन्दै उनले विधेयक पढेर प्रतिक्रिया दिन सुझाव दिए । विधेयक समृद्ध बनाउन सबै पक्षसँग छलफल भईरहेको मन्त्री बाँस्कोटाको भनाई छ । उनले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चर्चाको पनि विरोध गरे । दण्ड जरिवाना बढि भएको भए छलफल गर्न सकिने ठाउँ संसदमा रहेको उनको भनाई छ । संविधानभन्दा माथि कोही पनि नहुने भन्दै उनले स्वनियमको ब्यवस्था पहिलो पटक आएको बताए ।
मन्त्री बाँस्कोटाले सरकारले गरिरहेको कामको नतिजा आउने क्रममा रहेको भन्दै धैर्य गर्न अनुरोध गरे । बजेटले आर्थिक विकास र समृद्धिमा जोड दिएको उनको भनाई छ । मन्त्री बाँस्कोटाले आइतबार डिजिटल नेपाल परियोजना अन्तर्गत कर्णाली र सुदुरपश्चिम प्रदेशसम्म पु¥याउने अप्टिकल फाईबरको कामको बाँकेको खजुरामा स्थलगत निरीक्षण गरि जानकारी लिए भने गोरखापत्र संस्थानको कोहलपुरमा भवन निर्माणस्थलको निरीक्षण गरे ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६     5:59:00 PM  |