दाङमा ठूला योजना आउँदै : मन्त्री मगर

२३ जेष्ठ २०७६, बिहीबार १८:२६
 

सदरलाइनडटकम,
दाङ : खानेपानी मन्त्री बिना मगरले दाङको खानेपानीको समस्या समाधानका लागि बैकल्पिक बाटो अपनाईने बताएकी छन् । दाङ तुलसीपुरमा बिहीवारदेखि शुरु भएको दुईदिने खानेपानी आयोजना सञ्चालन, ब्यवस्थापन तथा सुरक्षा योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले यस्तो बताईन् ।
बबईको पानी लिफ्टिङ, पातुखोलामा हाईड्याम निर्माण गरेर दाङको खानेपानीको समस्या समाधान गर्न सकिने जिकिर गर्दै उनले पातुखोलामा हाईड्याम्प निर्माणका लागि सर्भे गर्ने काम भईरहेको बताईन् । दाङमा ठूला योजनाहरु भित्र्याउने तयारी भएको बताउँदै मन्त्री मगरले त्यसका लागि प्रदेश तथा स्थानीय सरकारसंग छलफल गरेर अघि बढ्ने योजना बनाएको जानकारी दिइन् ।
दाङमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर खानेपानीको सम्भावनाको खोजी गरिने मन्त्री मगरले बताईन् । सरकारले खानेपानीलाई मौलिक अधिकारमा राखेको भन्दै सबै नागरिकमा खानेपानीको पहुँच अभिबृद्धि गर्नका लागि बजेट पनि बर्षेनी बढ्दै गएको उनको भनाई थियो । अझै पनि नेपालका ८८ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुग्न नसकेको र २० प्रतिशत नागरिकले मात्रै प्रसोधित पानी पिउने गरेको भन्दै उनले सन् २०३० सम्म यो अबस्थालाई शून्यमा झार्नु पर्ने चुनौती आफुहरुबीचमा आएको बताइन् ।

Next Post

कृषि सन्देसको लागि गीत प्रतियोगिता

२३ जेष्ठ २०७६, बिहीबार १८:२६
सदरलाइनडटकम, कोहलपुर (बाँके)  :  पाँच नंम्बर प्रदेस कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले किसानसंगको सहकार्यको नीतिले अगाडि बढ्ने बताएकी छन । उनले किसानले उत्पादन गरेको उपज सही मुल्य नपाएको गुनासो आईरहेकोले प्रदेश सरकारले यो वर्ष प्रदेश भित्रका ९ जिल्लामा ९ वटा सहकारी बजार बनाउन सुरु गरेको […]

सम्बन्धित