‘सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षामा जोड आवश्यक’

२२ जेष्ठ २०७६, बुधबार १९:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयकोस्तर वृद्धिसँगै गुणात्मक शिक्षामा जोड दिनुपर्ने बताएकी छन् ।

उनले बुधबार बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन ।

राष्ट्रपति भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउदै शिक्षा बिना समग्र राष्ट्रको विकास असम्भव भएको बताईन ।


उनले बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकहरुलाई आग्रह गर्दै भनिन–‘शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनतालाई दिनुपर्छ ।’

राष्ट्रपति भण्डारीले शैक्षिक चेतनाबिना सामाजिक विकृतिलाई चिर्न नसकिने भन्दै उनले सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न पनि गुणस्तरीय शिक्षा जरुरी रहेको बताइन् ।

Next Post

बिनादर्ता इलेक्ट्रिक स्कुटर चलाए कारबाही

२२ जेष्ठ २०७६, बुधबार १९:२६
सदरलाइनडटकम, काठमाण्डौ : यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । इलेक्ट्रिक स्कुटरहरु बिनादर्ता सडकमा सञ्चालन भइरहेको पाइएको हुँदा त्यस्ता सवारीहरु दर्ता गरेर मात्र सडकमा सञ्चालन गर्न आग्रह गर्दै यातायात व्यवस्था विभागले त्यसरी सञ्चालन गरेको भेटिए कारबाही गरिने जनाएको हो । यातायात व्यवस्था […]