‘मानव जीवनका लागि वन आवश्यक’

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ २२, २०७६       | 37 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानव जीवनका लागि वन जोगाउनु पर्ने बताएका छन् । उनले वन बिनासको नियन्त्रणबिना मानव जीवन कठिन हुने भएकाले वन जोगाउनु पर्ने बताए ।

विश्व वातावरण दिवसका अवसरमा बुधवार बिहान नेपालगञ्जमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वातावरणको संरक्षणनै मानिसको ज्यान जोगाउने हुँदा वनको संरक्षण, वन बिनासको नियन्त्रण तथा बृक्षारोपणको आवश्यकतामा जोड दिए । नेपालगञ्जको सेतु बिक चोकमा भएको कार्यक्रममा उनले वातावरण संरक्षणमा सक्रिय भएर लाग्न सबैसँग आग्रह गरे  ।

मन्त्री बस्नेतले बिग्रदो बाताबरणले जनजीबन कष्टकर बन्दै जाने रोगहरुको संक्रमण बढ्ने जस्ता चुनौती बढ्दै गएको बताउदै धुलो, धुवाको मात्रालाई नियन्त्रण गर्दै हरियाली प्रबद्धनमा सबै एकजुट भएर लाग्नु पर्ने कुरामा जोडदिए ।.सोही अबसरमा मन्त्री बस्नेतले नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरलाई उप–महानगरको फोहर संकलन गर्ने डष्टविनहरु हस्तान्त्ररण गरेका थिए । .

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले पछिल्लो पछिल्लो प्राकृतिक कुराहरुमा फेरवदल हुनुको कारण वातावरणमा असर देखिएको हुँदा यसको संरुक्षण जुरुरी रहेको बताइन् ।

डिभिजन बन कार्यालय बाँकेको परिसरबाट निस्केको प्रभातफेरी गणेशमान चौक, भेरी अस्पताल, त्रिभुवन चोक हुदै सेतु बिक चौकमा पुगेर बिर्सजन भएको थियो ।

 

प्रकाशित मितिः बुधबार, जेष्ठ २२, २०७६     5:43:41 PM  |