उपमेयरद्वारा गरीब विद्यार्थीलाई सहयोग

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६       | 57 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले इस्लाम धर्मावलम्वीको महान पर्व ईदका अवसरमा गरीब विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकी छन् । उनले मंगलवार डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनिया सुव्वापुर्वाका १० जना बालबालिकालाई झोला, कपी, कलमलगायतको शैक्षिक सामग्री प्रदान गरेकी हुन् ।
घोडा खच्चड पालकका छोराछोरीमध्ये पहिलो पटक स्कुल भर्ना भएका १० जना बिद्यार्थीलाई हौसलास्वरुप सो सहयोग गरिएको हो । उनीहरुलाई यसअघि एनिमल नेपालको सहयोगमा सरस्वती मावि भंघोटनामा भर्ना गराइएको थियो ।
प्लाष्टिकको थैला, बोरा काटेर झोला बोक्न बाध्य ती विद्यार्थीको शैक्षिकस्तर वृद्धिका लागि उपमेयर थापाले सहयोग गरेको एनिमल नेपालकी प्रतिनिधि रेखा श्रेष्ठले बताइन् । श्रेष्ठ पशु कल्याणमा क्रियाशिल सामाजिक अभियन्ता हुन् । शैक्षिक सामग्री पाएपछि विद्यार्थीले खुशी व्यक्त गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६     7:53:25 PM  |