वालिका शिक्षा कार्यक्रम खजुरामा प्रभावकारी बन्दै

२१ जेष्ठ २०७६, मंगलवार १७:३७
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरास्थित ज्ञानोदय माबिमा सञ्चालित वालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसअन्तर्गत किशोरी वालिका, वालिकाका अभिभावक र सम्बन्धित गाउँपालिकाका सरोकारवालाहरुसंग मंगलवार अन्तरक्रिया गरिएको छ । पढ्नका लागि कोठा (रुमटुरिड) नामक संस्थाले उक्त बिद्यालयमा अध्ययनरत वालिकाहरुलाई जीवन उपयोगी सीप, नेतृत्व बिकास तालिम, सम्बन्ध बिस्तार शिप, सञ्चार शिप र बचत गर्न सक्ने शिप तथा वालिकाहरुको जीवनमा आएको परिवर्तन र अभिभावक संगको भूमिकाको बारेमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा ६१ जना बिद्यार्थी वालिका, वालिकाका अभिभावक, शिक्षक, गाउँपालिका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागी वालीकाहरुले आफूमाथि आएको परिवर्तनको बिषयमा  सबै सामु  आफ्ना भनाईहरु राखेका थिए । पढ्नका लागि कोठा नामक संस्थाले समस्यामा रहेका कक्षा ६ देखि १२ कक्षा सम्म अध्ययनरत वालिकाहरुलाई सुरक्षित रुपमा उत्तिर्ण हुने वातावरणको श्रृजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले यस संस्थाले लागु गरेको कार्यक्रमले बिद्यालयमा अध्ययन गर्ने वालिकाहरुको शिक्षाका परिवर्तन ल्याउने बताए । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वालिकाहरुमा पढाईमा रुची बढ्नुका साथै शिप बिकास बढ्दै गएकाले गाउँपालिकाका अरु बिद्यालयमा पनि समन्वय गरेर अगाडी बढ्ने जनाए ।
पढ्नका लागि कोठा (रुम टु रिड) नामक संस्थाका कार्यक्रम ब्यबस्थापक हेम लम्सालले वालिकाहरुका लागी लागु गरिएको कार्यक्रमको प्रभावकारिता बढ्दै गएको र गाउँपालिकाले पनि यसको अनुशरण गरेकाले अन्य बिद्यालयमा समेत लागु गर्न सुझाव दिएको बताए ।

Next Post

धूमधामका साथ बडा मंगलवार मनाईंदै

२१ जेष्ठ २०७६, मंगलवार १७:३७
सदरलाइन/यदुराज मिश्र, नेपालगञ्ज : विश्वको रचना गर्नेलाई भगवान भनिन्छ र संकटबाट मुक्ति दिनेलाई हनुमान भनिन्छ । जेष्ठ महिनाको आज तेश्रो बडा अर्थात् ठुलो मंगलवार मनाईंदै छ । नेपालगञ्ज र आसपासका क्षेत्रसहित सीमावर्ती भारतीय बजार रुपईडिहामा धुमधामका साथ बडा मंगलवार मनाईंदै छ । सो अवसरमा नेपालगञ्जका विभिन्न हनुमान मन्दिरमा पूजाआजा गर्नेको […]

सम्बन्धित