राजा वीरेन्द्रको वंशनाशको १८ वर्ष पूरा

१९ जेष्ठ २०७६, आईतवार १४:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नारायणहिटी राजदरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ शुक्रवार राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । नेपालको इतिहासमा यसलाई कहालीलाग्दो घटनाका रूपमा लिइन्छ ।
नियमित पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो । घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति मारिएका थिए ।
यस्तै अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो । कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन पेश गरेको थियो ।
त्यसपछि पनि दरबारसँग सम्बन्धित व्यक्तिहरूले पुस्तक प्रकाशन गरी दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको दाबी गरेपनि धेरै नेपालीले यसलाई विश्वास गरेका छैनन् । वीरेन्द्रको वंशनाश भएपछि राजा भएका ज्ञानेन्द्र शाह भएका थिए । उनी जनआकांक्षाअनुरूप चल्न नसक्दा २०६२/६३ सालको आन्दोलनले मुलुकबाट राजतन्त्र हट्न पुग्यो ।

Next Post

रोजा ‘इफ्तार’मा राष्ट्रपति भण्डारी सहभागी हुने

१९ जेष्ठ २०७६, आईतवार १४:३६
सदरलाइनडटकम, नेपालगञ्ज : मंगलवार हुने मुस्लिम समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी नेपालगञ्ज आउँदै छिन् । पहिलो पटक राष्ट्रप्रमुख रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुने भएपछि मुस्लिम समुदाय हर्षित भएको छ । रमजानमा एक महिनसम्म पानीसमेत नखाएर बसिने रोजा अर्थात् ब्रतलाई पाँच स्तम्भमध्ये रोजा पनि एक मानिन्छ । […]