ट्राफिक व्यवस्थापनमा खजुराको चासो

१८ जेष्ठ २०७६, शनिबार १८:५१
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले ट्राफिक व्यवस्थापनमा चासो देखाएको छ । ट्राफिक नियमको पूर्ण पालना गराउँदै सभ्य र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले ट्राफिक प्रहरी र प्रहरी तथा सरोकारवालासँग समन्वय शुरु गरेको हो ।
शनिवार खजुरा गाउँपालिका, इलाका प्रहरी कार्यालय धनौली र ट्राफिक पोष्ट धनौलीको संयुक्त आयोजनामा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ट्राफिक व्यवस्थापन गर्न व्यवहार परिवर्तन जरुरी रहेको बताए । उनले सके ३ महिना नसके ६ महिनामा ट्राफिक नियमसम्बन्धी सरोकारवालावीच अन्तरक्रिया हुनु पर्ने र सचेतनामुलक कार्यक्रम गरिनु पर्नेमा जोड दिए ।
५० प्रतिशत चालकलाई अहिले पनि ट्राफिक नियमको पालना थाहा नभएको बताउँदै प्रमुख अध्यक्ष कक्षपतिले ट्राफिक नियमको पूर्णपालना गरेमा दुर्घटना न्यूनीकरण होइन रोकिने बताए । सवारी चालकहरुले व्यवसायिक, मर्यादित र अनुशासित ढंगबाट आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै उनले नियम विपरीत जाने जो कोहीलाई पनि तुरुन्त कारवाही गर्नु पर्ने बताए । जनप्रतिनिधि, कर्मचारी र सवारी चालकलाई समाजले हेर्न दृष्टिकोण फरक भएको उल्लेख गर्दै अध्यक्ष कक्षपतिले व्यवहार परिवर्तन हुनै पर्ने बताए । एकले अर्काको सम्मान गर्नुपर्ने बताउँदै उनले पेशामा सरलता र नम्रता हुनु पर्ने उल्लेख गरे ।
कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले हरेक नागरिकले आफ्नो दायित्व पूरा गरेको खण्डमा सभ्य, समृद्ध समाज निर्माण गर्न सकिने बताइन । इलाका प्रहरी कार्यालय, धनौलीका प्रमुख प्रहरी निरीक्षक मख्खन प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा सवारी चालक नायारायणप्रसाद शर्माले खजुरा क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि बसपार्क आवश्यक रहेको औल्याए ।

Next Post

देवकोटाको “भूत, भविष्य, वर्तमान” सार्वजनिक

१८ जेष्ठ २०७६, शनिबार १८:५१
सदरलाइनडटकम, नेपालगञ्ज : कवि आर के देवकोटाद्वारा लिखित “भूत, भविष्य, वर्तमान” नामक खण्डकाव्य शनिवार नेपालगञ्जमा सार्वजनिक गरिएको छ । कवि देवकोटाको पहिलो कृतिका रुपमा रहेको खण्डकाव्यलाई भेरी साहित्य समाज जिल्ला समिति बाँकेले शनिवार बिमोचन तथा बहुभाषिक कवि गोष्ठी समारोहकाबीच सार्वजनिक गरेको हो । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ तथा […]

सम्बन्धित