मानव बेचबिखनमा शैली परिवर्तनले समस्या

१७ जेष्ठ २०७६, शुक्रबार १८:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : महिला बेचबिखन हुने संख्या मात्रै नभई दलालहरुले शैलीसमेत परिवर्तन गर्न थालेकाले न्युनीकरणमा समस्या थपेको एक कार्यक्रममा बताइएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको देखिन्छ ।
केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरूमात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला चारपाँच वर्षयता शहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेको विभिन्न तथ्यांकहरुले देखाइरहेका छन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले दुई दशकदेखि विभिन्न कामहरू गर्दै आएका छन् ।
े चाररपाँच वर्षयता खासगरी नेपाली चेलीहरूसँग पाका उमेरका विदेशी पुरुषले विवाह गरेर लैजाने र धेरैजसोमा महिलाहरू पीडामा पर्ने गरेको शक्ति समुहले जनाएको छ । यहाँबाट विवाह गरेर लगे पनि ती महिलाहरूलाई पछि घरमै बन्दीजस्तो बनाएर यातना दिने गरेको भन्दै थुप्रैको उद्धार पनि गरिसकिएको शक्ति समुहको अनुभव छ । मानव बेचविखनबाट प्रभावित महिलाहरुद्वारा सञ्चालित ‘शक्ति समुह’ले हालसम्म बेचबिखनमा परेका एक हजार २३४ जना महिला उद्दार तथा पुनःस्थापना गरिसकेको जनाएको छ ।
ेपालगञ्जमा आज पत्रकारहरुसँग अन्तरक्रिया गर्दै शक्ति समुहले उनीहरुलाई विभिन्न सीपमूलक तालिमहरु दिएर स्वरोजगार पनि बनाएको जनाएको छ । शक्ति समूहकी परियोजना संयोजक नर्वदा सोराली मगरले मानव बेचविखनका लागि नेपाल ट्रान्जिट बन्दै गएको बताइन् । बेचबिखनमा आएको परिवर्तित शैलीबारे परियोजना संयोजक सोराली मगरले भनिन्, ‘वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुर्याइकन लैजाँदा श्रमशोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटनाहरु छन् ।
विकसित देशहरूमै पनि स्थायी बसोबास अनुमतिपत्र पाउने नाममा, शरणार्थीका नाममा तथा सेमिनारहरूमा भाग लिन जाने नाममा महिलाहरू बेचिने जोखिम रहेको प्रहरीको अनुभव छ । परियोजना संयोजक सोराली मगरका अनुसार विगतमा अशिक्षित र गाउँका महिलाहरु बेचबिखनमा पर्ने भए पनि अहिले भने शिक्षित र शहरी क्षेत्रकै महिलाहरु पनि विदेश जाने र धेरै कमाउने लोभमा बेचबिखनमा पर्ने घटनाहरु बढेका छन् । आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरुलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको उनको भनाई छ ।

Next Post

डुडुवामा पहिलो पटक बजार अनुगमन

१७ जेष्ठ २०७६, शुक्रबार १८:३१
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिका अन्र्तगत रहेका बजारको शुक्रवार सयुंक्त अनुगमन गरिएको छ । गाउँपालिका वडा नंं. ४ सिधानिया र ५ कम्दीमा रहेका विभिन्न पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा मिठाई नास्ता पसलमा राखिएका मिठाईजन्य समाग्रीलाई राम्रोसंग सिसाभित्र राख्ने, सरसफाईमा विशेष ध्यान दिने, फर्म दर्ता नगरेका पसलहरुलाई […]