नेपालगञ्जको पुष्पलालचोकमा विकल्प आयुर्वेद सञ्चालनमा

१४ जेष्ठ २०७६, मंगलवार २०:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज   :  नेपालगञ्जको पुष्पलालचोकमा विकल्प आयुर्वेद हेल्थ सेन्टर प्रालिले नेपालमै सबैभन्दा सस्तो र गुणस्तरिय आयुर्वेद सेवा प्रवाह गर्ने उद्देश्यले शाखा विस्तार गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले एक समारोहका बीच उद्घाटन गरेका हुन । उनले गुणस्तरिय सेवा प्रवाह गर्दै नाम जस्तै विकल्पको रुपमा आफुलाई प्रस्तुत गर्नको लागि सुझाव समेत दिए ।
सो आयुर्वेद हेल्थ सेन्टरले चितवनको भरतपुरमा प्रधान कार्यालय स्थापना गरी धनगढी, पोखरा, काठमाडौंको बल्खु र घोराही सहित नेपालगन्जमा पाँचौ शाखाको रुपमा संचालनमा रहेको अध्यक्ष आकाश थापाले बताए ।
उद्घाटन सत्रमा बोल्दै आयुर्वेद चिकित्सक संघ प्रदेश नं. ५ का संयोजक डा. सन्तोष शर्माले मानवको जीवनशैली संगै उत्पन्न भएका रोगहरुको निदानको उपायको रुपमा आयुर्वेद रहेकोले गुणस्तरिय र सबैको मन जितेर सेवा दिए आयुर्वेद प्रति सेवाग्राहीको आकर्षण बढ्ने बताए ।
बरिष्ठ आयुर्वेद चिकित्सक डा.बुद्धिप्रकाश रेग्मीले संक्रामक रोग आधुनिक चिकित्सा पद्धतीले घटाएपनि अझै पनि ८० प्रतिशत रोग आयुर्वेदले नै निर्मुल गर्ने बताए ।
बाँके जिल्ला आयुर्वेद केन्द्रका प्रमुख डा. अनिल चौधरीले आयुर्वेदमा सबै सेवा दिनेगरी विकल्प स्थापना भएकोमा आयुर्वेद प्रति अझ श्रद्धा र सम्मान बढेर आएको बताउदै आफ्नो क्षेत्रबाट सक्दो सहयोग र सहकार्य गर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय बर्माले विकल्प आयुर्वेदले सबैको मन जितेर सेवा प्रवाह गर्न सुझाव दिए ।
सञ्चालक सदस्य गोपाल आचार्यले प्रालिमा पञ्चकर्म सेवा रहेको बताए । पञ्चकर्म शरिरको स्वस्थताका लागि पनि आवश्यक रहेको जानकारी दिदै भने–‘कुनैपनि रोगको उपचार गर्नुभन्दा अघि शरिरको शुद्धिकरण आवश्यक पर्दछ ।
पञ्चकर्म लगायत प्रालिबाट दिइने सेवाहरु सस्तो र आम नागरिकका लागि उपयोगी रहेको चिकित्सासेवा सहित ल्याव सेवा फिस्टुला र पायल्सको शल्यक्रिया सुविधा समेत रहेको छ । सेन्टरमा प्राकृतिक रुपबाट निदान गर्न सक्ने स्वदेशी श्रोत र साधनको उपयोग गरेर उपचार सेवा दिइने संचालक आचार्यले बताए ।
आर्युवेद उपचार पद्धतिले दैनिकरुपमा विदेश गईरहेको पुँजी समेत स्वदेशमै रोक्न सकिनेमा आफुहरु बिश्वस्त भएको आचार्यले बताए ।  

Next Post

निर्वाचनमा गरिएको वाचा पुरा हुने : अध्यक्ष कक्षपति

१४ जेष्ठ २०७६, मंगलवार २०:०९
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले निर्वाचनका समयमा गरिएका सबै प्रतिवद्धता पुरा गरिने बिश्वास दिलाएका छन् । गणतन्त्र दिवसका अवसरमा बुधवार गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा अध्यक्ष कक्षपतिले जनतासामु जनप्रतिनिधीले गरेका सबै बाचा पुरा गर्ने बिश्वास दिलाएका हुन् । अध्यक्ष कक्षपतिले गाउँपालिकाको विकास निर्माणमा सबै पक्षको साथ […]