जेठभित्रै निर्माण सम्पन्न गर्ने खजुराको तयारी

१३ जेष्ठ २०७६, सोमबार १७:३६
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा चालु आर्थिक बर्षको असार मसान्त भित्र कम्तिमा १६ किलोमिटर सडक कालोपत्रे गरिँदैछ । अन्य विकास निर्माणका योजना पनि निर्माणका क्रममा रहेका छन् ।
गाउँपालिकाले निर्माण गरिरहेका योजनाहरु असार भित्रै सम्पन्न गर्नका लागि गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले सक्रियता बढाएका छन् । सोमवार योजनाको काम समयमै सम्पन्न गर्नका लागि कक्षपतिले गाउँपालिकाका ईञ्जिनियर र प्राविधिकसँग छलफल गरेका छन् ।
यहि १५ गते निर्माणको जिम्मा पाएका निर्माण ब्यवसायीसँग छलफल गर्न लागिएको कक्षपतिले बताए । उनले कुनैपनि योजनाको काम अधुरो हुन नदिने गरि काममा सक्रियता दिन प्राविधिक र निर्माण ब्यवसायीलाई निर्देशन दिइएको बताए ।

Next Post

कतारमा ज्यान गुमाएका ठकुरी परिवारलाई आर्थिक सहयोग

१३ जेष्ठ २०७६, सोमबार १७:३६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके सेवा समाज कतार दोहाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका एक ब्यक्तिको छोरीको शिक्षाका लागि सहयोग रकम पठाएको छ । दोश्रो पटक घरबाट वैदेशिक रोजगारीका लागि माघ १६ गते खाडी मुलुक कतार पुगेका बर्दियाको बढैयाताल गाउँपालिका १ शान्तिपुरका २७ बर्षीय नविन्द्रसिंह ठकुरीको तीनदिनमै निधन भएको थियो । […]